२४ कात्तिक २०८३, मङ्गलबार

सदस्यबाटै सहकारीका सञ्चालक असुरक्षित, अभद्र व्यवहार र कुटपिट बढेपछि सुरक्षा माग

२०७९ भदौ १४, मङ्गलबार
सदस्यबाटै सहकारीका सञ्चालक असुरक्षित, अभद्र व्यवहार र कुटपिट बढेपछि सुरक्षा माग

काठमाडौं : सहकारीका सदस्यहरुले संस्थाबाट बचत फिर्ता नपाएपछि सहकारीका कर्मचारी र सञ्चालकमाथि कुटपिट नै सुरु गरेका छन् । पछिल्ला दिनहरुमा केही सहकारी संस्थामा बचत फिर्ता क्रममा संस्थाका अभद्र व्यवार र कुटपिट नै गर्न थालेपछि सुरक्षा माग गरिएको हो ।

सहकारी विभागको माग बमोजिम सम्बन्धित सहकारीले माग गरेको बेला सुरक्षा व्यवस्था मिलाइदिन गृहलाई सहकारी मन्त्रालयले अनुरोध गरेको छ ।

‘पछिल्ला दिनहरुमा केही सहकारी संस्थसंस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सरकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइ दिन अनुरोध छ,’ सहकारीमा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

अभिलेख

लोकप्रिय