सबैको साकोसको ४ वर्षे रणनीतिक योजना : ३ अर्ब पुँजी र १२ हजार सदस्य
तिलोत्तमा, रुपन्देही : सबैको बचत तथा ऋण सहकारी संस्था लि. तिलोत्तमा ५, रुपन्देहीको चार वर्षे रणनीतिक व्यावसायिक योजना कार्यशाला सम्पन्न भएको छ ।
गत वर्ष ११ वटा सहकारी संस्थाहरु एकीकृत भई सञ्चालनमा आएको सहकारी संस्थाले पहिलो रणनीतिक योजना तर्जुमा गरेको हो ।
गत वर्ष नेफ्स्कुनबाट एकीकरण विधामा उत्कृष्ट घोषित सहकारी संस्थाले बृहत एकीकरण र आन्तरिक व्यवस्थापन गर्दै संस्थालाई अझ सवल र शसक्त बनाउने योजना तय गरेको छ ।
हाल १ अर्ब कुल पुँजी भएको सहकारी संस्थाले आगामी ४ वर्षमा कुल ३ अर्ब पुँजी र १२ हजार सदस्य बनाउने लक्ष सहितको रणनीति तय गरेको छ । ८ वटा सेवा केन्द्र र १ मुख्य कार्यालयसहित ९ स्थानबाट सेवा प्रवाह गरिहरेको संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार, सेवाकेन्द्र व्यवस्थापन उपसमिति तथा विभिन्न उपसमिति सदस्यहरु सहभागी कार्यशाला भाद्र १० र ११ गते सञ्चालन भएको थियो ।
सहकारी संस्थाको दिगो विकास र विस्तार एवं पूर्ण रुपले सदस्य केन्द्रित सहकारी र सदस्य मैत्री कारोवार एवं व्यवहारका लागि यो रणनैतिक योजना महत्वपूर्ण हुने सहकारी सदस्य प्रा.डा. गणेश पाठकले जानकारी दिनु भयो । संस्थाले “ब्यवस्थित संस्था : स्तरीय सेवा” सेवा भन्ने परिकल्पना अगाडि सारेको छ ।
हाल ५ हजार ८ सय ७० जना सदस्य रहेको सबैको सहकारी बचत तथा ऋण सहकारी संस्थाले निकट भविष्यमै स्तरिकरण कार्यक्रममा सहभागि हुने समेत योजनामा उल्लेख गरेको छ । सदस्यको सन्तुष्टि र आन्तरिक सुशासनमा मात्र सहकारीको विकास संभव भएको कुरा सल्लाहकार प्रा.डा. रामचन्द्र आचार्यले बताउनु भयो ।
रणनैतिक योजना तयारी कार्यशालाको सहजिकरण नेफ्स्कुनका पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले गर्नुभएको थियो । संस्थाका अध्यक्ष भरत भूसालको अध्यक्षतामा सञ्चालित कार्यशालामा ५० जना सहभागी थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
