२४ कात्तिक २०८३, मङ्गलबार

पाँच सहकारीबीच एकीकरण सम्झौता, ७५८ करोडको बन्नेछ नेशनल आइडल यमुना

२०७९ भदौ ११, शनिवार
पाँच सहकारीबीच एकीकरण सम्झौता, ७५८ करोडको बन्नेछ नेशनल आइडल यमुना

काठमाडौं : काठमाडौंका पाँच सहकारीहरुबीच एकीकरण सम्झौता सम्पन्न भएको छ ।

काठमाडौंमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण सम्झौता भएको हो ।

शनिबार एक कार्यक्रमको बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा एकीकरण सम्झौता भएको हो । एकीकरणपछि संस्थाको नाम नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था (प्रस्तावित) हुनेछ ।

आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्था एकीकरण बारेमा जानकारी गराएका थिए ।

No description available.

एकीकरणमा जाने संस्थाहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारण सभा गर्ने अध्यक्ष कुयाङले जानकारी दिए । संस्था एकीकरणपछि संस्था थप बलियो हुने र आगामी दिनमा सदस्यहरुको साथ थप वृद्धि हुने अपेक्षा संस्थाले गरेको अध्यक्ष कुयाङले बताए । केही सहकारीहरुमा समस्या देखिएको बताउँदै उनले हल्लाकोपछि नलाग्न सदस्यहरू उनले आग्रह गरे ।

एकीकरणपछि संस्थाको सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ हुनेछ । सदस्य संख्या ३० हजार २० जना, ऋणी सदस्य ६ हजार ८ सय ५८ जना हुनेछ ।

त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख, अन्य कोषहरु २ करोड २७ लाख, कुल बचत ५ अर्ब ६३ करोड, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड, वित्तीय लगानी ४ करोड २७ लाख, तरलता रकम १ अर्ब ३८ करोड रहने नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजकुमार लामाले जानकारी दिए । त्यस्तै संस्थाको कुल सम्पत्ती ७ अर्ब ५८ करोड र तरलता प्रतिशत २४.५७ प्रतिशत रहने लामाले जानकारी दिए ।

एकीकरणपछि संस्थाको अध्यक्षमा ज्ञानबहादुर तामाङ र प्रमुख कार्यकारी अधिकृतमा कुयाङ लामा रहने जनाएको छ ।

अभिलेख

लोकप्रिय