२४ कात्तिक २०८३, मङ्गलबार

साधारण सभा मितव्ययी ढंगबाट गर्नु : सहकारी विभाग

२०७९ भदौ ९, बिहिबार
साधारण सभा मितव्ययी ढंगबाट गर्नु : सहकारी विभाग

काठमाडौं : संघीय सहकारी विभागले सहकारीको साधारण सभा सञ्चालन सम्बन्धमा मार्गदर्शन जारी गरेको छ ।

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बिहीबार मार्गदर्शन जारी गर्दै साधारण सभा भड्किलो र खर्चिलो नहुनेगरी मितव्ययी ढंगबाट सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्यस्तै आर्थिक वर्ष व्यतित भएको तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न समेत भनिएको छ । त्यस्तै साधारण सभाको सूचना प्रकाशन गर्दा तीस दिन अगावै प्रस्ताव सहितको सार्वजनिक सूचना जारी गर्नुपर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय