सहकारीहरु संयमित हुनुपर्ने समय हो
गोपिनाथ घिमिरे
का.मुु. प्रमुुख कार्यकारी अधिकृत
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लि.
लामो समयदेखि सहकारी क्षेत्रमा हुनुहुन्छ । सहकारी क्षेत्रको विद्यमान अवस्थालाई कसरी हेर्नु भएको छ ?
म विगत १४ देखि सहकारी क्षेत्रमा क्रियाशील छु । त्यस बेलादेखि आजसम्म आइपुग्दा काठमाडौं उपत्यकामा मात्रै करिब २८०० वटा सहकारी संस्थाहरुको उदय भै सकेको छ । हामीले २०६५ सालमा डल्लुमा सहकारी संस्था दर्ता गर्दै गर्दा एउटा मात्र सहकारी थियो । त्यसैले अर्को सहकारीको आवश्यकता खट्कियो । त्यसपछि आजसम्म आइपुग्दा नयाँ संस्था र तिनका सेवा केन्द्र गरी डल्लुमा मात्र करिब ५० वटा सहकारी क्रियाशील छन् । यसको अर्थ सहकारीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा भयो जसका कारण सहकारीका सदस्यहरु राम्रो नराम्रो संस्था खुट्याउनै नसक्ने भए । त्यति मात्र होइन, यो संस्थाको सदस्य बन्न म मिल्छ कि मिल्दैन भन्ने हेक्का नै नराखी सदस्य बन्न थाले । यस्ता गतिविधिलाई राज्य पक्षबाट पुर्ण निगरानीमा राख्न समेत सम्भव देखिएन । छाता संघहरुले पनि सल्लाह सुझाब दिने भन्दा सहकारीलाई भोट बैंकको रुपमा प्रयोग गर्नेतर्फ मात्र ध्यान दिदाँ यस्तो भएको हो भन्ने मलाई लाग्छ ।
सहकारी संस्थाप्रति सदस्यको विश्वास किन स्खलित भएको होला ?
सबै क्षेत्रमा एकै नासका मानिसहरुको प्रवेश भएको हुँदैन । कुनै संस्थाहरु राज्यको ऐन, कानुन, संस्थाको बिनियम आन्तरिक कार्यबिधिलाई अनुशरण नगरी जथाभावी संञ्चालन हुन थाले जसको परिणाम स्वरुप समस्यामा परेर त्यसको असरहरु अन्य संस्थाहरुमा समेत पर्न गएको देखिन्छ । एउटै ब्यक्ति एक वा सो भन्दा बढी सहकारीको सदस्य हुनु, सहकारी संस्थाहरुले सदस्यता दिदा सहकारी शिक्षा तथा तालिमको उचित प्रबन्ध नहुनु, म सदस्य भएको सहकारीको संञ्चालन प्रक्रिया कस्तो छ, भन्ने जानकारी सदस्यहरुले लिन नखोज्नु र निजी क्षेत्रका ठुला मिडिया हाउसहरुले सहकारीका बारेमा गलत समाचार संप्रेषण गर्नु आदि कारणले सर्वसाधारणमा अन्योल सृजना भई यस्तो भएको हो भन्ने लाग्छ ।
सहकारी संस्थाहरु सबै सदस्य केन्द्रीत हुन सकेका छैनन् । त्यस्ता संस्थाहरुमा धेरै समस्या परेको देखिन्छ तर त्यसको असर भने सदस्य केन्द्रीत सहकारीमा समेत पर्न जादा सिंगो सहकारी क्षेत्र नै त्यस्तै होकी भने जस्तो गरी सबै सदस्य एकै पटक आफ्नो बचत फिर्ताका लागि संस्थामा लाइन लाग्दा त्यस्तो देखिएको हो । तर, समुदायमा आधारित सदस्य केन्द्रीत सहकारीहरुमा कुनै समस्या छैन । किनकि उनीहरु सुशासित छन् ।
सहकारी संस्थाप्रति सदस्यको विश्वास बढाउन के गर्नुपर्ला ?
अहिलेको अवस्थामा त सदस्यहरुले संस्थाहरु प्रति बिश्वास गुमाउदै लगेको देखिन्छ । त्यही पनि आफ्ना सदस्यहरुको बिश्वास जित्नु सहकारी संघ/संस्था, नियामक निकाय, छाता संगठन आम मिडिया जगत र राज्य सबैले आ–आफ्नो दायरा भित्र रही सदस्यहरुलाई भड्काउने भन्दा संयमित भई हाललाई आफु सदस्य भएको सहकारीलाई पवित्र मनले सहयोग गरौैं पछि समय अनुकुल भएपछि अबका दिनमा त्यस्तो समस्या आउन नदिन कसले के गर्नु पर्ने हो गरौंला भन्ने सन्देश प्रवाह गरौं ।
पछिल्लो समयमा सहकारी संस्थाहरुमा तरलता अभाव हुँदै गएको छ । हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको तरलता अवस्था कस्तो छ ?
हालको तरलताको समस्या बिगत एक बर्ष देखि नै देखिदै आएको हो र त्यसको असर अहिले अझ बढी सतहमा आएको छ । त्यस्तो हुनुमा मुख्य कारण भनेको सहकारी क्षेत्रमा भएको केही ठुला सहकारीहरु समस्याग्रस्त हँुदा सदस्यहरुमा परेको मनोबैज्ञानिक असर प्रमुख कारक हो । सहकारीहरु प्रति अविश्वास नै मुख्य कारक हो । सहकारीहरुमा सबै सदस्यहरु एकै पटक लामबद्ध भई बचत फिर्ता माग गर्दा कुनै पनि वित्तीय संस्थाले फिर्ता गर्न सक्ने सम्भावना हुँदैन, किनकी सबै संस्थाले निश्चित प्रतिशत तरलता राखी अरु पैसा लगानी गरेको हुन्छ । हाम्रो सगरमाथामा त्यस प्रकारको समस्या छैन । हामी निरन्तर सदस्यहरुसँग टच मा छौं । सदस्यहरुको विश्वास आर्जन गर्न सफल भएका छौं । सदस्य र संस्थाबीचको निकट सम्बन्ध र एकअर्काप्रतिको विश्वासका कारण हामीलाई त्यो समस्या छैन । हाम्रो वित्तीय अबस्था मजबूत छ ।
अन्त्यमा केही भन्नु छ कि ?
सहकारी संघ/संस्थामा आबद्ध सदस्यहरु, छाता संगठनहरु नियामक निकाय सहकारी पत्रकार समाज लगायत सबैलाई मेरो अनुरोध के छ भने नेपालमा खुलेका सबै सहकारीहरु खराब छैनन्, सबैको नियत नराम्रो छैन, हामीले सहकारीका बारेमा बोल्दा, लेख्दा वा कुनै प्रतिक्रिया दिनु भन्दा पहिला त्यो सहकारीको संचालन पद्धति कस्तो छ ? संस्थाले सहकारी ऐन, नियमावली, स्विकृत विनियम, आन्तरिक कार्यविधि अवलम्बन गरेको छ छैन ? समयमा साधारणसभा गरेको छ छैन ? संचालक र लेखा समितिको छनोट प्रकृया कस्तो छ ? नियामक निकायमा पठाउनु पर्ने विवरण र माग भएका विवरणहरु समयमै पठाउँछ कि पठाउँदैन ? सिमा कारोबारको विवरण पठाउँछ कि पठाउँदैन ? आफ्ना विवरणहरु कोपोमिस सिस्टममा इन्ट्री गर्छ कि गर्दैन ? सबै कुरा हेरी मात्र प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु । हाम्रो संस्थाले ती सबै कामहरु सुरु देखि नै गरेकोले हाम्रा सदस्यहरु डराउनु पर्दैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
