२४ कात्तिक २०८३, मङ्गलबार

बागमती प्रोस्कूनसँग ३८.९४ प्रतिशत तरलता

२०७९ भदौ ६, सोमबार
बागमती प्रोस्कूनसँग ३८.९४ प्रतिशत तरलता

काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) सँग प्रयाप्त तरलता रहेको वित्तीय विवरणले देखाएको छ ।

साउन ३१ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बागमती प्रोस्कूनसँग ३८.९४ प्रतिशत तरलता रहेको छ ।

सहकारी विभागले साउन ३१ गते सहकारी संघ संस्थाहरुलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न भनेको थियो । सोही निर्देशन अनुसार बागमती प्रोस्कूनले आईतबार वित्तीय विवरण सार्वजनिक गरेको हो ।

विवरण अनुसार सेयर पुँजी ५ करोड ३१ लाख, जगेडा कोष १८ लाख १७ हजार, कुल बचत १ अर्ब २७ करोड ७० लाख, ऋण लगानी ६८ करोड ६५ लाख, तरलता रकम ४९ करोड ७३ लाख, विभिन्न कोषहरु २ लाख र कुल सम्पत्ती १ अर्ब ३५ करोड १३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

No photo description available.

अभिलेख

लोकप्रिय