२४ कात्तिक २०८३, मङ्गलबार

नेफ्स्कूनसँग २२.५७ प्रतिशत तरलता

२०७९ भदौ ६, सोमबार
नेफ्स्कूनसँग २२.५७ प्रतिशत तरलता

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) सँग प्रयाप्त तरलता रहेको वित्तीय विवरणले देखाएको छ । साउन ३१ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नेफ्स्कूनसँग २२.५७ प्रतिशत तरलता रहेको छ ।

सहकारी विभागले साउन ३१ गते सहकारी संघ संस्थाहरुलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न भनेको थियो । सोही निर्देशन अनुसार नेफ्स्कून आईतबार वित्तीय विवरण सार्वजनिक गरेको हो ।

विवरण अनुसार सेयर पुँजी १ अर्ब ६७ करोड ७८ लाख, जगेडा कोष ३४ करोड ७९ लाख, कुल बचत १७ अर्ब १७ करोड ३४ लाख, ऋण लगानी १५ अर्ब ४४ करोड, तरलता रकम ३ अर्ब ८७ करोड ५३ लाख, संस्थागत पुँजी ३७ करोड ८४ लाख विभिन्न कोषहरु ७८ करोड २८ लाख र कुल सम्पत्ती २० अर्ब ७१ करोड १८ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

नेफ्स्कूनमा ४ हजार ४ सय ९७ सहकारी संस्था आवद्ध छन् । त्यस्तै ९ सय १० सहकारी संस्थाले कर्जा लिएका छन् ।

अभिलेख

लोकप्रिय