२४ कात्तिक २०८३, मङ्गलबार

दोस्रो वर्षमा सीएमसी काभ्रे, अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७९ भदौ ३, शुक्रबार
दोस्रो वर्षमा सीएमसी काभ्रे, अभिमुखिकरण कार्यक्रम सम्पन्न

काभ्रे : को–अपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोक स्थापनाको दोस्रो वर्ष पुरा भएको छ । स्थापना दिवसको अवसरमा क्लबले बनेपा नगरपालिका भित्र रहेका सहकारीका व्यवस्थापन प्रमुखहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबका अध्यक्ष मदन बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले गर्नु भएको थियो ।

क्लबका सचिव ठाकुरनाथ अधिकारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथि र सहभागी सबैमा उपाध्यक्ष गोपाल प्रसाद दाहालले आफ्नो मन्तव्यसहित स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष मदन बस्नेतले क्लब स्थापना हुनुको उद्देश्य माथी प्रकाश पार्दै क्लबले एक वर्षमा गरेको कामहरुको जानकारी गराउनु भएको थियो । विभिन्न सहकारी संघ, संस्था र सरोकारवाला निकायको सहयोग र सहकार्यमा सहकारी संस्थामा कार्यरत जनशक्तिहरुको क्षमता विकासका लागि स्तरिय तालिमका माध्यमबाट सहकारी मर्म अनुरुप व्यवसायिक संस्था निर्माण र विकासमा सहयोग पुर्याउनु क्लबको उद्देश्य रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा संघका अध्यष शर्माले क्लबले उद्देश्य अनुरुपका कार्यकम ल्याएमा जिल्ला संघ सधै सहयोग गर्न तयार रहेको र क्लबलाई आवश्यक परेमा संघको नवनिर्मित भवन निर्माण सम्पन्न भए पश्चात एउटा कोठा कार्यालय संचालनका लागि उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गर्नु भयो ।

कार्यक्रममा सहकारी संस्थाहरुमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । क्लबले अभिमुखिकरण कार्यक्रम क्षेत्रिय रुपमा (पाँचखाल, पनौती र नमोबुद्घ) गर्ने तयारी गरेकोमा पहिलो चरणमा बनेपामा रहेका सहकारी संस्थामा काम गर्ने व्यवस्थापन प्रमुख र अधिकृत स्तरमा कार्यरत कर्मचारीहरुलाई आमन्त्रण गरिएको थियो । छिट्टै पाँचखाल, पनौती र नमोबुद्घमा कार्यक्रम गर्ने जानकारी गराईएको थियो । क्लबमा हालसम्म ५५ जना सदस्यहरु आबद्ध भएका छन् ।

अभिलेख

लोकप्रिय