२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी संस्थाहरुमा पर्याप्त तरलता

२०७९ भदौ ३, शुक्रबार
सहकारी संस्थाहरुमा पर्याप्त तरलता

काठमाडौं : सहकारी विभागले साउन ३१ गते सहकारीहरुलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार सहकारी संस्थाहरुले वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् ।

विभागले जारी गरेको निर्देशनमा शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ । त्यसपछि सहकारीले हरेक महिना पनि वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सहकारी विभागले निर्देशन गरेको भोली पल्टै (भदौ १) गते नै पनौती-४, टौखाल काभ्रेमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको थियो । सहकारी विभागको निर्देशन पालन गर्ने पहिलो सहकारी समेत सामुदायिक बनेको छ । संस्थाले साउन ३१ गतेसम्मको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार संस्थामा १२.८३ प्रतिशत तरलता रहेको छ ।

३७ हजार ७ सय ४१ जना सदस्य रहेको यस संस्थाको कुल सम्पत्ति ३ अर्ब ६७ करोड २२ लाख ५९ हजार ७ सय ७२ रुपैयाँ रहेको छ । सेयर पुँजी ३२ करोड ६४ लाख २५ हजार २ सय रुपैयाँ, जगेडा कोष २८ करोड ५३ लाख ५१ हजार, विभिन्न कोषहरु १५ करोड ६३ लाख ६६ हजार, कुल बचत २ अर्ब ३७ करोड ७७ लाख, लगानी २ अर्ब ९८ करोड ७८ लाख र तरलता रकम ३० करोड ५० लाख ९९ हजार रहेको संस्थाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै काठमाडौंमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थामा ३२.८२ प्रतिशत अर्थात ३ करोड ३२ लाख ५२ हजार ६ सय ५१ रुपैयाँ तरलता रहेको संस्थाले जनाएको छ । १ करोड ६३ लाख ६५ हजार ९ सय सेयर पुँजी रहेको सज्जन महिला सहकारीको कुल सम्पत्ती १३ करोड ५२ लाख २७ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ७९ लाख ४४ हजार ६ सय ९८ रुपैया, अन्य कोषहरुमा ७० लाख ६२ हजार, कुल निक्षेप १० करोड १३ लाख ११ हजार, लगानी ९ करोड ८८ लाख ७१ हजार रुपैयाँ रहेको छ ।

काठमाडौं थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा २८ प्रतिशत तरलता रकम रहेको विवरणमा उल्लेख छ । १७ करोड ४० लाख सेयर पुँजी, ८ करोड ४० लाख जगेडा कोष, ७ करोड ६६ लाख अन्य कोष, १० करोड ६१ लख संस्थागत पुँजी, २ अर्ब ४० करोड २४ लाख कुल बचत, १ अर्ब ९९ करोड ४ लाख लगानी र २ अर्ब ९५ करोड ५० लाख कुल सम्पत्ती संस्थासँग रहको छ । संस्थासँग तरलता रकम भने ६६ करोड२८ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै काभ्रे स्थित बुडोल बचत तथा ऋण सहकारी संस्थासँग २५.८७ प्रतिशत तरलता रकम रहेको छ । संस्थाको सेयर पुँजी १४ करोड, जगेडा कोष ९ करोड ६६ लाख, संस्थागत पुँजी १० करोड २८ लाख, अन्य कोषहरु ९ लाख १४ हजार, बचत १ अर्ब ३२ करोड ३९ लाख, लगानी १ अर्ब ३२ करोड ५४ लाख र कुल सम्पत्ती १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ रहेको छ । संस्थासँग ३४ करोड १२ लाख रुपैयाँ तरलता रकम रहेको संस्थाले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

त्यस्तै कास्की स्थित पोखरा रोयल बचत तथा ऋण सहकारीले पनि वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थासँग १०.२० प्रतिशत तरलता रहेको विवरण उल्लेख छ । संस्थामा सेयर सदस्य ८ हजार ५ सय २९ जना, सेयर पुँजी २१ करोड ६ लाख, जगेडा कोष १५ करोड ७३ लाख, कुल बचत १ अर्ब ५६ करोड ९६ लाख, लगानीमा रहेको १ अर्ब ८५ करोड २ लाख, संस्थागत पुँजी १५ करोड ८८ लाख, वित्तीय लगानी (मुद्दती) ११ करोड, तरलता रकम १६ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था, सुर्खेतमा २६.३५ प्रतिशत (बचतको आधारमा) तरलता रहेको छ । नवजागरण बचत तथा ऋण सहकारी संस्था, रामेछापमा १५.८२ प्रतिशत तरलता रहेको विवरण संस्थाले प्रकाशन गरेको छ ।

 

 

अभिलेख

लोकप्रिय