२४ कात्तिक २०८३, मङ्गलबार

नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई

२०७९ भदौ १, बुधबार
नेफ्स्कून पत्रकारिता पुरस्कार नेपालपत्रन्यूजका सम्पादक खड्कालाई

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष नेपालपत्रन्यूज डटकमका सम्पादक माधवकुमार खड्कालाई प्रदान गर्ने घोषणा गरेको छ ।

नेफ्स्कुनको ३५औं स्थापना दिवसको अवसरमा आज आयोजित औपचारिक कार्यक्रममा सो पुरस्कार घोषणा गरेको हो । स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कूनले जनाएको छ ।

विगत एक दशकदेखि पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रका विविध विषयवस्तु खड्काले कलम चलाउँदै आएका छन् । सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन एवं खबरदारीमा उहाँको योगदान रहेको छ ।

अभिलेख

लोकप्रिय