२४ कात्तिक २०८३, मङ्गलबार

मन्त्री शशी श्रेष्ठनै सहकारी पीडित, २३ प्रतिशत ब्याज लिएको आरोप

२०७९ साउन ३१, मङ्गलबार
मन्त्री शशी श्रेष्ठनै सहकारी पीडित, २३ प्रतिशत ब्याज लिएको आरोप

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीले चर्को ब्याज लिएको आरोप लगाउनु भएको छ । सहकारीको चर्को ब्याजबाट आफैं पीडित हुनुपरेको घट्ना सार्वजनिक गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को ३५औं स्थापना दिवसका अवसरमा मन्त्रीले सहकारीले आफूबाट २३ प्रतिशत ब्याज असुलेर ठगी गरेको घट्ना सुनाउनुभयो ।

‘म आफैं पनि बचत तथा ऋण सहकारीबाट पीडित व्यक्ति हुँ । कतिसम्म भने लिलामणी दाई र शशी दिदी सेवाको राजनीति गर्ने, निष्ठाको राजनीति गर्ने तपाइँहरुलाई यति छुट भनियो । समस्या पर्यो व्यवहार चलाउन, ऋण लिनै पर्यो । धितो राख्न समस्या छ तर निश्चय नै सहकारी सजिलो छ । सहकारीबाट ऋण लिएर केही व्यवहार सुल्झाउँ भन्दा मैंले २३ प्रतिशत भन्दा बढी व्याज तिरेको छु । कहाँ छ यस्तो व्यवस्था ? यो मेरो आफ्नो जीवनको भोगाइ हो’, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले सहकारीहरु जुन सिद्धान्त र उद्देश्यका साथ खोलिएका हुन त्यो पुरा नगरेको गुनासो समेत गर्नुभयो । सहकारीको प्रवद्र्धन गर्न आफू दृढ रहेको बताउँदै उहाँले सहकारीहरु र अभियन्ताहरु गैरजिम्मेवारीपूर्वक रुपमा हिडेको आरोप समेत लगाउनुभयो ।

आफूले सहकारीबाट पीडा व्यवहोरेकाले आम नागरिकले ठगिनुनपरोस भन्ने कामना समेत उहाँले गर्नुभयो ।

अभिलेख

लोकप्रिय