२४ कात्तिक २०८३, मङ्गलबार

काठमाडौं बहुउद्देश्यीय संघले सदस्यलाई भन्यो, ‘साथमा हामी छौं !’

२०७९ साउन २५, बुधबार
काठमाडौं बहुउद्देश्यीय संघले सदस्यलाई भन्यो, ‘साथमा हामी छौं !’

काठमाडौं : काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई ११ बुँदे अपिल जारी गरेको छ ।

संघले अपिल जारी गर्दै तरलता संकटको यो अवस्थामा सदस्यहरुको साथमा रहने प्रतिवद्धता जनाएको छ । संस्थामा तरलता १५ प्रतिशतभन्दा तल हुन गएमा त्यसलाई कायम राख्न सञ्चालक समिति, लेखा समिति तथा व्यवस्थापकले ऋण असुलीमा जोड दिन अनुरोध गरेको छ । त्यस्तै उच्च ब्याजमा बचत संकलन नगर्ने र सन्दर्भ ब्याजदरको सिमा कायम हुने गरी बचत र ऋणको कारोबार गर्न समेत संस्थाहरुलाई अनुरोध गरेको छ ।

सहकारीहरुमा सदस्यनै वास्तविक सहकारीका बराबर हकदार हुन् भनी झम्झाउन, बुझाउन समेत अनुरोध गरेको छ ।

अभिलेख

लोकप्रिय