सदस्य सेवालाई थप उत्कृष्ट बनाउने सहकारी बैंकको प्रतिवद्धता
पोखरा : राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित तीन दिने वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को समग्र समिक्षा गरी चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन गोष्ठी सहयोगी हुने बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकको वर्तमान वित्तीय अवस्था र आगामी लक्ष्य, बैकले सञ्चालन गरेका सेवाहरु र आगामी दिनमा सञ्चालन गर्ने सेवाहरु, बैकको सञ्चालन प्रक्रिया लगायतका विषयमा शाखा प्रमुखहरुको प्रस्तुतीकरण, समुह छलफल गरी प्रभावकारी रुपमा अगाडि बढ्ने प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम समापनका अवसरमा बोल्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले ७७ वटै जिल्लामा बैंकको सञ्जाल निर्माण गरेर थप प्रभावकारी सेवा सञ्चालनका लागि बैकको सम्पूर्ण शक्ति परिचालन हुनु पर्नेमा जोड दिनुभयो ।
बैंकको पहिलो काम सदस्यहरुलाइ प्रदान गरिने वित्तीय तथा अन्य सेवालाई प्रभावकारी बनाउने र समग्र सहकारी अभियानको प्रभावकारितामा सहयोग पुग्ने गरी काम गर्न अध्यक्ष उप्रेतीले शाखा प्रमुखहरुलाई आव्हान गर्नु भयो । उहाँले शाखा भएका ठाउँमा शाखा मार्फत र शाखा नभएका जिल्लामा जिल्ला स्तरीय सञ्जाल निर्माण गरी बैंकको सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
सहकारी क्षेत्रमा पूँजि संकलन र उत्पादनशिल क्षेत्र लगायतका क्षेत्रमा पूँजि परिचालनका लागि बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता अभिवृद्धि, योजना निर्माण गर्नु पर्ने उहाँको सुझाव छ ।
बैंकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले देशभरका शाखा प्रमुखहरुको प्रस्तुती, योजना, लक्ष्य र काम गर्ने उत्साह सकारात्मक रहेको चर्चा गर्दै बैंकलाई सुरक्षित र सक्षम बनाउन जनशक्ति प्रभावकारी रहेको बताउनुभयो ।
बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले स्थानीय तहहरुसंग समन्वय गरेर सदस्य वृद्धिसगै सहकारीहरुको क्षमता विकासका काममा बैंकको भूमिका थप वृद्धि गरिने बताउनुभयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि लगायतका सेवाहरुलाई आम सहकारीहरुमा पुर्याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गर्नु भएको थियो ।
सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिव १६ हजार शेयर सदस्य, करिव ३ अर्ब शेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
