सदस्यको बचत दुरुपयोग गर्ने सञ्चालकलाई कारबाही गर्न भक्तपुर बचत संघको माग
काठमाडौं : भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले अपिल जारी गर्दै सहकारी मूल्य मान्यता र सिद्धान्त विपरित निजी स्वार्थ पूर्तिका लागि सहकारीलाई प्रयोग गरी सदस्यहरुको बचत दुरुपयोग गर्ने केही व्यक्ति र समुहका कारण सहकारी संस्थाहरुमा समस्या देखा परेको जनाएको छ ।
सदस्यको बचत दुरुपयोग गर्ने सञ्चालकहरुलाई कानून बमोजिम कारबाही गरी सदस्यहरुको बचत फिर्ता गर्नको लागि संघले सम्बन्धीत निकायसँग माग समेत गरेको छ ।
आगामी दिनमा सहकारीमा विकृती कम गराउनका लागि संघहरुको संलग्नतामा नियामक निकायबाट अनुगमनलाई तिब्रता दिनुपर्ने संघले निचोड समेत निकालेको छ ।
संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुद्वारा जारी अपिलमा भनिएको छ, ‘वर्तमान वित्तीय बजारमा देखा परेका तरलता अभावलाई ध्यानमा राखी समुदायमा आधारित सहकारी संस्थाहरुले वित्तीय अनुशासनका मापदण्डहरु पूर्ण पालना गरी कारोबार गर्न यस संघ अनुरोध गर्दछ ।’
सहकारी अभियानको तर्फबाट आईतबार जारी गरिएको अपिलमा भक्तपुर बचत संघलाई कुनै जानकारी नभएको समेत संघले स्पष्ट पारेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
