२४ कात्तिक २०८३, मङ्गलबार

काठमाडौं साकोस गोष्ठी ९ बुँदे घोषणा पत्र : सुशासन र शुद्धीकरण कायम गर्न साकोसकर्मी प्रतिवद्ध

२०७९ साउन २२, आईतवार
काठमाडौं साकोस गोष्ठी ९ बुँदे घोषणा पत्र : सुशासन र शुद्धीकरण कायम गर्न साकोसकर्मी प्रतिवद्ध

काठमाडौं  : काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेड (कास्कून)ले आयोजना गरेको ‘काठमाडौं साकोस समिट-२०७९’ नौ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै सम्पन्न भएको छ ।

साकोसका समस्या समाधान गर्ने उद्देश्यले ह्यात रिजेन्सी होटलमा शनिबार आयोजित गोष्ठीमा विभिन्न विषयविज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

May be an image of 4 people, people standing and indoor

कार्यपत्रमाथिको छलफल पश्चात गोष्ठीमा सहभागी सहकारीकर्मीहरुले ‘अभियनको शुद्धीकरण र सुशासन कायम गरी समृद्ध एवं आत्मनिर्भर समाज निर्माणको उच्च संकल्पसहित’ प्रतिवद्धता पत्र जारी गरेका हुन् ।

प्रतिवद्धता पत्रमा सहकारी संघहरुले गर्ने अनुगमन एवं सुपरीवेक्षणमा सक्रिय सहभागी हुने, सहकारी विभागले अगाडि सारेको प्रवद्र्धनात्मक र निर्देशनात्मक कार्यक्रममा विषयगत जिल्ला तथा केन्द्रीय संघ र विभागसंग समन्वय गरि एकरुपता कायम गर्ने र जिल्ला भित्रका साकोसलाई जोखिममा आधारित साकोस सुपरीवेक्षण, स्तरीकरण तथा स्थिरीकरण कार्यक्रममा आवद्ध गर्ने उल्लेख छ ।

यसैगरी गोष्ठीमा सहभागी सहकारीले अधिक दोहोरो सदस्यता भएका संस्थाहरु अनिवार्य एकीकरणमा जान वा लैजान आफैंबाट शुरु तथा अगुवाई गर्ने र बचत तथा ऋण सहकारीका लागि वित्तीय सहकारी ऐन जारी गर्न छाता संघले गर्ने बहस पैरवीमा ऐक्यवद्धता सहित योगदान गर्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

 

अभिलेख

लोकप्रिय