सहकारी अभियन्ता बास्कोटाको ‘निष्ठाको यात्रा’ लोकार्पण
काठमाडौं : सहकारी अभियन्ता डा. दीपकप्रकाश बास्कोटाको आत्मकथामा आधारित निष्ठाको यात्रा नामक कृतिको बिहीबार लोकार्पण गरिएको छ ।
राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार डा. बास्कोटाको सो पुस्तक राष्ट्रिय सभागृहमा एक कार्यक्रमको बीच लोकार्पण गरिएको हो ।
बास्कोटा नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष एवं भावातीत ध्यानका नेपालका प्रवद्र्धक समेत हुन् । प्रा.डा. कुलप्रसाद कोइरालाका अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री कुलबहादुर गुरुङ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, सहकारी अभियान्ताहरु, राजनीतिकर्मीहरु, प्राध्यापक, योग शिक्षकहरुलगायतको उपस्थिति थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बास्कोटाको सहकारी यात्राको विषय र पुस्तकका विषयमा समिक्षा गर्नुभएको थियो ।
बास्कोटाले पुस्तकमा जीवनका करिब अर्धशतकीय कर्म विवरणहरु झक्लिनुका साथै कर्मशील जीवन यात्रामा बेहोरेका अनेक बाधा व्यवधानलाई संक्षिप्त रुपमा उतारेको बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार