२४ कात्तिक २०८३, मङ्गलबार

सामुदायिक साकोसको खुद बचत ३१.५१ प्रतिशतले बढ्यो

२०७९ साउन १०, मङ्गलबार
सामुदायिक साकोसको खुद बचत ३१.५१ प्रतिशतले बढ्यो

काभ्रे : पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले आ.व. २०७८/०७९ मा २१ प्रतिशतले निक्षेप बृद्धि गर्न सफल भएको छ । यस अवधिमा संस्थाले २ अर्ब ३८ करोड निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको कुल निक्षेप १ अर्ब ९६ करोड रहेको थियो ।

त्यस्तै २३ प्रतिशतले ऋण लगानीमा बृद्धि गरेको छ । संस्थाले २ अर्ब ९८ करोड ऋण परिचालन गरेको छ । २०७८ असार मसान्तसम्ममा संस्थाले २ अर्ब ४२ करोड रहेको थियो ।

यसैगरी २०७९ असार मसान्तसम्ममा संस्थाले कुल पुँजी ३ अर्ब ६७ करोड पुर्याउन सफल भएको छ । संस्थाको गत आ.व. को कुल पुँजी ३ अर्ब ३ करोड रहेको थियो । यो रकम अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बृद्धि भएको हो ।

संस्थाले तरलता अभावको संकटमा समेत ३२ करोड ८६ लाख अर्थात १४ प्रतिशत तरलता कायम गर्दै समुदायमा सबल र सुरक्षित संस्थाको रुपमा स्थापित गर्न सफल भएको छ ।
आ.व. २०७८/०७९ मा खुद बचत १२ करोड ५० लाख गर्न सफल संस्थाको गत आ.व. ०७७/०७८ मा ९ करोड ५० लाख खुद बचत कमाएको थियो । खुद बचतमा ३१.५१ प्रतिशतले गत आ.व. को तुलनामा बृद्धि गर्न सफल भएको छ ।

संस्थामा सदस्यहरुको शेयर पुँजी ३२ करोड ६ लाख रहेको छ भने संस्थाको जगेडा कोष २८ करोड ५३ लाख रहेको छ ।

२०५१ साल माघ १४ गते ४१ जना सदस्य र ३२ हजार ५ सय रुपैयाँबाट शुरु भएको संस्थाले हाल काभ्रेपलाञ्चोक जिल्ला मात्र नभई काठमाडौं उपत्यकाका तीन जिल्लामा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्न सफल भई उपत्यकामा २ वटा र जिल्ला भित्र १३ वटा कार्यालयहरु मार्फत सेवा उपलब्ध गराउँदै समुदायले रुचाएको सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएको छ ।

सामुदायिक साकोस एशियाली स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल संस्था हो ।

अभिलेख

लोकप्रिय