२० भदौ २०८३, शनिवार

हब को-अपरेटिभको ५औं सेवा केन्द्र चितवनको भरतपुरमा

२०७९ साउन ९, सोमबार
हब को-अपरेटिभको ५औं सेवा केन्द्र चितवनको भरतपुरमा

काठमाडौं : हब को-अपरेटिभ सर्भिस लिमिटेडले चितवनको भरतपुरमा ५औं सेवा केन्द्र खोलेको छ । भरतपुर एयरपोर्ट लाइनमा खोलिएको सेवा केनद्रको भरतपुर महानगरपालिका वडा नंं १० का अध्यक्ष परमेश्वर खनालले उदघाटन गर्नुभयो ।

सहकारीको मूल्य, मान्यता, नीति, विधि र प्रविधिको उच्चतम प्रयोग सहित, अन्तर सहकारी संस्था र शेयर सदस्य बीचको कारोबारलाई सहज, सरल र विश्वसनीय र प्रविधिमैत्री ढंगबाट सम्पादन गर्ने उद्देश्यले भरतपुरमा पाँचौं शाखा खोलिएको हब को-अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष दक्ष पौडेलले जानकारी दिनुभयो ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रवाह, अन्तर सहकारी रकमान्तर, बिल भुक्तानी र अन्य नियमित सेवा सहित सहकारी-सहकारी बीच आपसी लाभ र हितको पक्षमा आपसी समन्वय गरी काम गर्ने उद्देश्यका साथ हब को-अपरेटिभ सर्भिस लिमिटेडको पाँचौं शाखा भरतपुरमा आजदेखि शुभारम्भ गरिएको छ,’ उहाँले भननुभयो ।

अभिलेख

लोकप्रिय