२४ कात्तिक २०८३, मङ्गलबार

सिवाईसी साकोसद्वारा पासबुक विस्थापन अभियानको सुरुवात

२०७९ साउन ३, मङ्गलबार
सिवाईसी साकोसद्वारा पासबुक विस्थापन अभियानको सुरुवात

बागलुङ : सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले पासबुक विस्थापन अभियान सुरु गरेको छ ।

‘युग सुहाउँदो डिजिटल सेवामा सिवाइसी साकोस’ भन्ने नाराका साथ संस्थाले सोमबारबाट पासबुक विस्थापन अभियानको सुरुवात गरेको हो । संस्थाले अब सदस्यलाई पूर्ण मोबाइल बैंकिङ सेवा दिने छ ।

पासवुक विस्थापन गर्ने अभियानलाई पूर्ण समर्थन गर्दै बागलुङका युवा व्यवसायी, साझा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष, सिवाईसी लघुवित्त वित्तीय संस्थाका सञ्चालक ओम प्रकाश पौडेलले कार्यालमै पुगेर पासवुक बुझाउनु भई यो अभियान ओैपचारिक सुरुवात भएको हो ।

अभिलेख

लोकप्रिय