सहकारीमा सम्पत्ति सुद्धिकरण सम्बन्धी उच्च जोखिम, त्यस्ता सहकारीलाई कारबाही गर्नुः महालेखा
काठमाडौं : सहकारीका नियमनकारी निकायको भूमिका कमजोर भएको महालेखाले जनाएको छ ।
सहकारी संस्था माथीको नियमनकारी भूमिका प्रभावकारी नभएका कारण सम्पत्ति शुद्धिकरणसम्बन्धी जोखिम विद्यमान रहेको निष्र्कष महालेखापरीक्षको कार्यालयको छ ।
नमुना छनौट गरिएका १४ वटा बचत तथा ऋण सहकारी संस्थाको निरीक्षण प्रतिवेदन अनुसार जोखिम व्यवस्थापन नगरेको, शंकास्पद कारोबारको पहिचान गर्ने प्रणाली नराखेको, सदस्यको उच्च र असामान्य आर्थिक कारोबारको सुक्ष्म अध्ययन नगरेको लगायतको व्यवहोरा उल्लेख छ ।
सहकारी विभागले निरीक्षण पश्चात स्पष्टीकरण माग गरी सुधारको कार्य योजना पेस गर्न लगाए पनि कार्यान्वयनको अवस्था यकिन नगरेकोमा महालेखाले प्रश्न उठाएको छ ।
महालेखापरीक्षको ५९ औं वार्षिक प्रतिवेदन अनुसार यस्ता सहकारीलाई कारबाही नगरेको भन्दै प्रचलित कानुन अनुसार कारबाही गर्न विभागलाई निर्देशन दिएको छ ।
सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाईहरुलाई जारी गरिएको निर्देशन, २०७४ को दफा ३२ मा सम्पत्ति शुद्धिकरणसम्बन्धी व्यवस्थाहरुको कार्यान्वयन नगर्ने संस्थालाई लिखित रुपमा सचेत गराउने, अटेर गर्नेलाई १० लाख देखि ५ करोडसम्म जरिवाना गर्ने एवं दर्ता खारेजसम्म गर्न सक्ने उल्लेख छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
