२४ वर्षमा एकता सहकारी, स्थापना दिवसमा सामाजिक संस्थालाई सहयोग
बागलुङ : एकता सहकारी संस्था लिमिटेड बागलुङ २४ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले २४ औं स्थापना दिवस शनिबार एक कार्यक्रमका बीच मनाएको हो ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बागलुङका प्रमुख तथा संस्थाका सल्लाहकार अमर थापाले गर्नुभएको थियो । साथै सहकारी थप नयाँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाका संरक्षक देवबहादुर श्रेष्ठ र पद्यचन्द राजभण्डारीले केक काटेर शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले सहकारीको संख्या वृद्धि गर्नुभन्दा सहकारी सहकारी कीच एकिकरण गरी राम्रो सहकारी बनाएर सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । थापाले सहकारीलाई राज्यले समेत महत्वपु्र्ण रुपमा लिएका हुँदा यसलाई सकारात्मक ढंगले सबैले सहयोग गर्नुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा संस्था संरक्षक देवबहादुर श्रेष्ठ, पद्यचन्द राजभण्डारी, सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, प्रमिला राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एकता सहकारीले संस्थाको २४ औं स्थापना दिवसको अवसरमा शैक्षिक संस्था तर्फ धारा उच्च मा।वि तंग्राम, सामाजिक संस्था तर्फ नेत्र ज्योती संघ र धार्मिक क्षेत्र तर्फ गौरीधाम मन्दिरलाई भौतिक साम्रागी सहयोग गरेको छ ।

कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षता, सचिव महेन्द्र प्रसाद कंडेलको सञ्चालनमा तथा सहसचिव सुनिता पुरीको स्वागतमा सम्पन्न भएको थियो । एकता सहकारी संस्थामा हालसम्म १४०० जना शेयर सदस्य, १० करोड शेयर, ३ करोड, कोष, २४ करोड बचत, २८ करोड ऋण रहेको संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारीले जानकारी दिनुभयो ।
संस्थाले रेमिटेन्स, मोबाइल बैकिङ, इसेवा सञ्चालन गर्ने तथा विभिन्न ठाँउमा सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको राजभण्डारीले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार