२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी महासंघले सुन्तला र बदाम मात्र बेच्न बाँकी छ: दीपक पनेरु

२०७९ असार २३, बिहिबार
सहकारी महासंघले सुन्तला र बदाम मात्र बेच्न बाँकी छ: दीपक पनेरु

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले अब बदाम र सुन्तला मात्र बेच्न बाँकी रहेकाे नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का काेषाध्यक्ष दीपक पनेरुले बताउनुभएको छ ।

बागमती प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघले धुलिखेलमा आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै पनेरूले सहकारी महासंघले हाल गर्दै आएका कामहरू उद्देश अनुरुप नभएकाे धारणा राख्नुभयाे ।

`महासंघले तालिम पनि गरेकाे छ, सफ्टवेयर पनि बेचेकाे छ, अब बेच्न बाँकी भनेकाे बदाम र सुन्तला मात्र छ´, उहाँले भन्नुभयाे, `के महासंघकाे काम बिजनेश गर्ने हाे, याे बहसकाे विषय बनेकाे छ ।´

अभिलेख

लोकप्रिय