२० भदौ २०८३, शनिवार

राधे–कृष्ण सहकारीका सदस्यलाई स्वास्थ्य सचेतना

२०७९ असार २१, मङ्गलबार
राधे–कृष्ण सहकारीका सदस्यलाई स्वास्थ्य सचेतना

काठमाडौं : काठमाडौं–१६, बनस्थली स्थित राधे-कृष्ण बचत तथा ऋण सहकारी संस्थाले २१ वटा महिला समुहका प्रतिनिधिहरु र सदस्यहरुलाई महिला प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार आयोजना गरिएको कार्यक्रममा संस्थाका सञ्चालक अनुपा रेग्मीले महिला स्वास्थ्य सम्बन्धी विविध विषयमा प्रशिक्षण गराउनु भएको थियो ।

शनिबार आयोजित १ दिवसिय कार्यक्रममा करिब ७० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम स्वास्थ्यका दृष्टिकोणबाट निकै उपलब्धीपुर्ण रहेको र आगामी दिनहरुमा यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिन सहभागीहरुबाट सुझावहरु प्राप्त भएको संस्थाका प्रशासकिय अधिकृत सबिता पन्तले जानकारी दिनुभयो ।

२०६५ साल श्रावण २ गते तत्कालित डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको यस संस्थामा करिब १ हजार ८ सय सदस्यहरु आवद्ध छन् । संस्थाले २ सेवा केन्द्रबाट समेत सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।

संस्थाको कुल वासलात करिब ५३ करोडको रहेको संस्थाका प्रशासकिय अधिकृत पन्तले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय