सहकारीकर्मी तिमल्सिनालाई १४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
काठमाडौं : नक्कली शैक्षिक प्रमाण पत्र र कीर्ते काण्डमा पक्राउ परेका सहकारीकर्मी माधवप्रसाद तिमल्सिनालाई थप १४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको अभियोगमा तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले असार १४ गते ललितपुरको थसीखेलबाट पक्राउ गरेको थियो । तिमल्सिनालाई सीआईबीले राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको अभियोगमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
तिमल्सिनालाई पहिलो पटक सीआईबीले ५ दिन म्याथ थप गरेर अनुसन्धान गरेको थियो । सीआईबीले आइतबार जिल्ला अदालत काठमाडौंबाट थप १४ दिन म्याथ थप गरेको सीआईबीले जनाएको छ ।
तिमल्सिनालाई जन्म मिति २०२६-१२-२६ , रजिष्ट्रेसन नं.१४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधव प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रि.वि.दर्ता नं. १४९१५-८९, पाटन बहुमुखी क्याम्पसको स्नातक तहको ट्रान्स्कृप्ट कीर्ते गरेको आरोप छ । सो प्रमाणपत्र गत चैत ६ गते निवेदनका साथ बोर्डमा पेश गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
