सहकारी अभियान्ता घिमिरेलाई राष्ट्रिय पुरस्कार
काठमाडौं : सहकारी अभियन्ता तथा राष्ट्रिय सहकारी महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरे राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट सम्मानित हुनुभएको छ ।
भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले उहाँलाई नगद ५० हजार सहित सम्मान गर्नुभएको छ ।
राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित कार्यक्रमबाट सम्मानित गरिएको हो । त्यस्तै उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखालाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७८ बाट प्रत्येक प्रदेशबाट १/१ वटा प्रारम्भिक संस्था पुरस्कृत भएका छन् । प्रदेश १ बाट झापाको मेची बहुउद्देश्यी सहकारी संस्था लि., मधेश प्रदेशबाट बाराको बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., बागमती प्रदेशबाट काठमाडौंको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. पुरस्कृत भए ।
गण्डकी प्रदेशबाट बागलुङ्गको कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लुम्बिनी प्रदेशबाट बिर्दीयाको सिको बचत तथा ऋण सहकारी संस्था लि, कर्णाली प्रदेशबाट सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. र सुदुरपश्चिम प्रदेशबाट कैलालीको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.पुरस्कृत भए । पुरस्कृत संस्थालाई नगद २५ हजार प्रदान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार २०७८बाट भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का व्यवस्थापक बालकृष्ण ध्वजु सम्मानीत भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
