सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्रीः मन्त्री श्रेष्ठ
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुलुकको समृद्धिका लागि सरकार र सहकारी अभियान एउटै डुङ्गाको सहयात्री भएको बताउनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघले १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सहकारी अभियानको सकारात्मक सुझावलाई ग्रहण गर्न सरकार सधै तयार रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सहकारीबाट रोजगारी सिर्जना गरेर जनताले देखिने र सुन्ने गरी काम गर्न आफू आतुर रहेको बताउनुभयो । साथै सहकारीप्रतिको जनविश्वास बढाउनु पर्ने आग्रह गर्दै उहाँले सहकारी व्यवसायलाई अवरोध पु¥याउने कानुनी व्यवस्थामा समसामयिक परिवर्तन सकिने बताउनुभयो ।

सो कार्यक्रममा सहकारीले उत्कृष्ट विश्व निर्माण कसरी योगदान गर्न सक्छ भन्ने विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सोही अवसरमा सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारी लोकतान्त्रिक र सुशासन अभ्यास गर्ने थलो भएकाले लाभको पदमा बसेका सहकारीका सदस्यहरुले पद त्याग गर्नुपर्ने बताउँदै सम्पत्ति सुद्धिकरणलाई सहकारी संघ÷संस्थाहरुले महत्वकासाथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
समारोहमा महासंघका पूर्व अध्यक्ष दीपक प्रकाश बाँस्कोटा, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सल्लाहकार उषा झा र महासंघका पूर्व उपाध्यक्ष विजयराज घिमिरेले शुभकामना मनतव्य राख्नुभएको थियो ।
महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियान सरकारसंग हातेमालो गरेर विकासको सहयात्री बन्न चाहेको बताउँदै सहकारी ऐन,२०७२ मा भएको व्यवस्था अनुसार नै सहकारी संघ÷संस्थाहरुलाई कर निर्धारण गर्न मांग गर्नुभयो ।
महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार