लगानीको नक्कली कागज बनाएर ३५ लाख हिनामिना, ताकेतापछि प्रबन्धक फरार
सल्यान : दार्मा गाउँपालिका–४, रातामाटा स्थित भल्चौर महिला साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक हेमन्त ओली संस्थाको ३५ लाख रुपैयाँ हिनामिना गरेका छन् । ओली यतिबेला फरार भएका छन् ।
दुरुपयोग गरेको रकम फिर्ता गर्न सहकारी संस्थाले ताकेता गरेपछि उनी फरार भएका हुन् । संस्थाको रकम दुरुपयोग गरेको थाहा पाएपछि विनोद पौडेलको टोलीले छानबिन गर्दा प्रबन्धक हेमन्त ओलीले ३५ लाख रुपैयाँ दुरुपयोग भएको खुलेको थियो ।
प्रबन्धक ओलीले सदस्यलाई ऋण लगानी गरेको नक्कली कागज बनाएर रकम दुरुपयोग गरेको सहकारीकी अध्यक्ष हरिकला मल्लले जानकारी दिनुभयो ।
सहकारीको रकम दुरुपयोग गरेको खुलेपछि ओलीविरुद्ध इलाका प्रहरी कार्यालय फारुलामा संस्थाले उजुरी समेत गरेको छ ।
प्रबन्धकका कारण आफूहरु समस्यामा परेको भन्दै सहकारीमा आबद्ध रहेका सदस्यहरुले समेत फरार रहेका ओलीलाई कारबाहीको माग राखेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
