विकू र स्वागत साकोसको एकीकृत कारोबार सुरु, रत्ननगरको जयमंगलामा २३औं सेवा केन्द्र
नवलपुर : विकू बचत तथा ऋण सहकारी संस्था र स्वागत बचत तथा ऋण सहकारी संस्थाको एकीकृत कारोबार सुरु भएको छ ।
नवलपुर गैंडाकोटमा मुख्य कार्यालय रहेको विकू र चितवनको रत्ननगरमा रहेको स्वागत साकोस बीच एकीकरण भई एकीकृत कारोबार सुरु भएको हो । दुई संस्था बीच एकीकरण भई विकू बचत तथा ऋण सहकारी संस्था कायम भएको छ । साविक स्वागत साकोस रहेको स्थानमा ‘स्वागत सेवा केन्द्र’ रहेको छ । सेवा केन्द्रको उद्घाटन शनिबार एक कार्यक्रमको बीच गरिएको छ ।
रत्ननगर–१३, जयमंगलामा रहेको उक्त सेवा केन्द्रको उद्घाटन रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठले गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै उपप्रमुख पाठकले एक सहकारी एक सदस्य अवधारण लागू गर्न सुझाव दिनुभयो । त्यस्तै उहाँले सहकारीहरु समुदायमा आधारित कार्यक्रम गर्न र उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले सदस्यको खुशी नै संस्थाको सफलता रहेको बताउनुभयो ।
कायृक्रममा संस्थाका सचिव प्रेमप्रसाद सापकोटाले संस्थाको सदस्य १ लाख १० हजार, ९१ करोड सेयर पुँजी, ४८ करोड जगेडा कोष, ९ अर्ब कुल पुँजी, ८ अर्ब ५० करोड बचत संकलन र ८ अर्ब ऋण लगानी रहेको बताउनुभयो ।
विकूले यस सेवा केन्द्रसँगे नवलपुर र चितवनमा २३ वटा सेवा केन्द्रमार्फत सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार