२४ कात्तिक २०८३, मङ्गलबार

काठमाडौं महानगरको नीति तथा कार्यक्रमः सहकारी अनुगमन संयन्त्र बनाउने

२०७९ असार ५, आईतवार
काठमाडौं महानगरको नीति तथा कार्यक्रमः सहकारी अनुगमन संयन्त्र बनाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको नारा ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने रहेको छ ।

नीति तथा कार्यक्रममा महानगका सोचलाई कार्यान्वयन गर्न ५ वटा रणनीतिहरु अबलम्बन गरिने उल्लेख छ ।

महानगरपालिकाले सहकारी संस्थाको दर्ता, नविकरण कार्यलाई विद्युत्तीय प्रणालीमा आवद्ध गरिने नीति सार्वजनिक गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम व्यवस्थापनका लागि अनुगमन संयन्त्र गठन गरि परिचालन गरिनेछ जनाएको छ ।

त्यसैगरी सहकारी संस्थाहरुको संस्थागत क्षमता अभिवृद्धि गरी सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउन सहकारी संस्थाहरुलाई एकीकरण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ कार्यक्रममा उल्लेख छ ।

संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनको लागि संस्थागत प्रबन्ध मिलाई सुधारका आवश्यक कार्य गरिने समेत नीति तथा कार्यक्रम रहेको छ ।

अभिलेख

लोकप्रिय