बागमती प्रोस्कूनको कर्पोरेट कार्यालय काठमाडौंमा
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ (बागमती प्रोस्कून)ले काठमाडौंको मिनभवन प्रयागमार्गमा कर्पोरेट कार्यालय स्थापना गरेको छ । आईतबार एक कार्यक्रमको बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यालयको उद्घाटन गर्नुभएको छ ।
बनेपा–७, काभ्रेमा केन्द्रीय कार्यालय रहेको बागमती प्रोस्कून बागमती प्रदेश भरका बचत तथा ऋण सहकारीको छाटा संगठन हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सदस्य सहकारी संस्थालाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्न कर्पोरेट कार्यालय स्थापना गरिएको संघका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिनुभयो ।

संघले सदस्य संस्थाको विकास र प्रवद्र्धनसँगै अन्तर लगानीको काम गर्दै आएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईं लगायत प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
