२४ कात्तिक २०८३, मङ्गलबार

प्रदेश १ बजेटः सहकारिताको साथ समृद्धिको गन्तव्य

२०७९ असार १, बुधबार
प्रदेश १ बजेटः सहकारिताको साथ समृद्धिको गन्तव्य

विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उक्त बजेट आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरेको बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान बचत फिर्ता २ अर्ब रहेको जानकारी गराउनुभयो ।

प्रदेश सरकारले सहकारी संघ संस्थामा संकलित नागरिकहरुको बचत रकमको सुरक्षा एवं सदुपयोग सुनिश्चितताका लागि सघन अनुगमन गर्न आवश्यक नीति तथा कानुन तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिने जनाएको छ ।
सहकारी संघ संस्थाहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न ९ करोड विनियोजन गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा नरिबी निवारण मन्त्रालयलाई २५ करोड ६१ लाख विनियोजन गरिएको छ ।

गरिबी निवारणको लागि सहकारीको माध्यमबाट पूँजी निमार्ण गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउने र रोजगारी सिर्जनाका लागि सहजिकरण गरिने बजेटमा जनाएको छ ।

सरकारी, निजी र सहकारी कृषिमा प्रदेश सरकारको साझेदारी कार्यक्रम सरकारले ल्याएको छ ।

अभिलेख

लोकप्रिय