देउराली बहुउद्देश्यीय सहकारी आर्थिक संकटमा, सूचना टाँसेर कारोबार बन्द
ललितपुर : ललितपुरको सात दोबाटोमा प्रधान कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले कारोबार बन्द गरेको छ ।
लामो समयदेखि तरलता अभाव झेलिरहेको संस्थाले आज सूचना नै जारी गरी कारोबार बन्द गरेको हो । संस्थाले निकालेको सूचनामा शुक्रबारसम्मलाई आर्थिक कारोबार बन्द गरिएको भनिएको छ ।
विगत लामो समयदेखि संस्थाले बचत फिर्ता गर्न नसकेको सदस्यहरुले बताएका छन् । संस्थाले आर्कषक ब्याजदर दिएर निक्षेप तथा बचत संकलन गर्दै आएको थियो । सहकारी विभागले कर्जामा तोकेको अधिकतम् व्याजदरभन्दा बढी संस्थाले बचतमा दिएको थियो ।
केही दिनदेखि संस्थाले बढीमा २५ हजार रुपैयाँसम्म मात्र बचत फिर्ता गरेको थियो । संस्था संकटमा रहेको जानकारी सदस्यहरुले यस अघि नै पाएका थिए ।
संस्थाको कुल वासलात करिब ३ अर्ब रुपैयाँ रहेको छ । सदस्यहरुबाट उठाएको अघिकांश बचत सञ्चालनले आफै चलाएको सदस्यहरुको आरोप छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार