२० भदौ २०८३, शनिवार

बगनासकाली बहुउद्देश्यीय सहकारीबाट ५ लाख २७ हजार चोरी

२०७९ जेठ ३१, मङ्गलबार
बगनासकाली बहुउद्देश्यीय सहकारीबाट ५ लाख २७ हजार चोरी

पाल्पा : बगनासकाली गाउँपालिका ८ डढुवाडाँडास्थित श्री बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था चोरी भएको छ । सोमबार राती संस्थाबाट ५ लाख २७ हजार ३ सय ७३ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

कार्यालय कोठामा रहेको दराज तोडफोड गरी उक्त रकम चोरी भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पा र अस्थाई प्रहरी चौकी भुसलडाँडाले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अभिलेख

लोकप्रिय