एकता सहकारीको ५ वर्षे रणनीति: १० हजार सदस्य र १ अर्ब सम्पत्ति
बागलुङ : एकता सहकारी संस्था लिमिटेड बागलुङले ५ वर्षे रणनीतिक योजना निर्माण गरेको छ । संंस्थाले २ दिने रणनीतिक योजना एंव कार्यशाला गोष्ठी मार्फत ५ वर्षे रणनीतिक योजना निर्माण गरेको हो ।
एकता सहकारीका संचालक, उप–समिति तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न गोष्ठीबाट आर्थिक वर्ष ०७९/०८० देखि ५ वर्ष सम्मको रणनीतिक योजना निर्माण गरिएको संस्थाले जनाएको छ । रणनीतिक योजना तथा कार्यशाला गोष्ठीको उद्घाटन सहकारीका संरक्षक देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा संरक्षक देव बहादुर श्रेष्ठ, संरक्षक पद्मचन्द्र राजभण्डारी, सल्लाहकार तथा पुर्व अध्यक्ष कृष्ण शंकर श्रेष्ठ लगायतले सहकारीलाई उत्कृष्ट तथा नमुना बनाउन दिगो योजना तथा कार्यक्रमहरु तयार पार्नुपर्ने आवश्यक रहेको बताउनुभयोे ।
कार्यक्रम एकता सहकारी संस्थाका अध्यक्ष ध्रुव प्रसाद शर्माको अध्यक्षता, सचिव महेन्द्र प्रसाद कंडेलको सञ्चालन तथा सह–सचिव सुनिता पुरीको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले रणनीतिक योजना मार्फत आगामी ५ वर्ष भित्र १० हजार शेयर सदस्य बनाउने, १ अरब सम्पत्ति, जिल्ला मुख्य केन्द्रमा सेवा केन्द्र बिस्तार गर्ने, सहकारीलाई प्रविधिमैत्री बनाउने, सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा परिचित गराउने लगायतका योजना तथा लक्ष्य बनाइएको सचिव महेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।
एकता सहकारी संस्थामा हालसम्म १ हजार ३ सय १२ जना शेयर सदस्य, १० करोड शेयर रकम, ३ करोड जगेडा कोष, २४ करोड निक्षेप, २६ करोड लगानी रहेको संस्थाका प्रबन्धक दिपक राजभण्डारीले जानकारी दिनुभयो ।
सहकारीले सदस्यहरुलाई केन्द्रीय कार्यालय तथा १ सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको र मोबाइल बैकिंग तथा बैंक ट्रान्सफर लगायतका सेवा प्रदान गरिने राजभण्डारीले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
