साकोस शिखर गोष्ठी : उच्च गुणस्तरको प्रविधि प्रयोग गर्ने तयारीमा सहकारी
काठमाडौं : सहकारी संस्थाहरूले पनि अब उच्च गुणस्तरको प्रविधिको प्रयोगमार्फत् सदस्यहरूलाई सेवा दिने तयारी गरेका छन् । नियोसिस टेक्नोलोजी प्रा.लि.ले सहकारीको लागि उच्च गुणस्तरको सफ्टवेयर निर्माण गरिरहेको छ ।
नियोसिस टेक्नोलोजी नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब प्रा.लि.को संयुक्त लगानीमा स्थापित कम्पनी हो । यस कम्पनीले मिरा ईआरपि नामको सहकारी सफ्टवेर निमार्ण गरिरहेको प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले बताउनुभयो ।

आइतबार काठमाडौंमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको चौथो साकोस शिखर गोष्ठीमा ‘सहकारीमा प्रविधिको प्रयोगः विद्यमान चुनौति र समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले यस्तो बताउनुभएको हो । डा. भोजराज घिमिरे र मनोज घिमिरेले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै अब सहकारीमा प्रविधिको प्रयोग अपरिहार्य रहेको र नियोसिय कम्पनी त्यसैको लागि जन्मिएको बताउनुभयो ।
डा. घिमिरेले सहकारीमा प्रविधिको प्रयोगको अभ्यास, अन्तर्राष्ट्रिय अभ्यास, यसको आवश्यकता र वर्तमान घटनाक्रमहरुको विषयमा प्रस्तुति दिँदै सहकारीमा बैंकहरुकोभन्दा उच्च प्रविधिको प्रयोग गरी सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने बताउनुभयो । ‘हामी बैंकको भन्दा पनि उच्च प्रविधिको प्रयोग गर्दैछौं, यसले सेवाग्राही तथा सदस्यहरुलाई सहज सेवा हुन्छ, अहिलेको जस्तो ढड्डाको प्रयोगभन्दा पनि अब डाटामा निर्धारित सेवा हुन्छ,’ उहाँले भन्नुभयो । उहाँले डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफोरमेसन र डिजिटल इन्क्लुजन आवश्यक रहेको समेत बताउनुभयो ।

घिमिरेले साझा प्लेटफर्ममार्फत् सेवा दिनु पर्ने, न्यून लागतमा अधिकतम् सेवा प्रवाह गर्नु पर्ने र प्रविधिमार्फत् स्थानीयकरण गर्नु पर्ने धारणा पनि राख्नुभयो ।
कार्यपत्र माथी राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, डा. सोहनबाबु खत्रीले टीप्पणी गर्नुभएको थियो । टिप्पणीकर्ता खत्रीले अब सहकारीमा प्रविधिको आवश्यकता रहेकोले जति सक्दो छिटो सम्पूर्ण सहकारीहरुलाई डिजिटल प्लेटफर्ममा जोडिन आग्रह गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
