२० भदौ २०८३, शनिवार

म्यानेजर्स क्लब, काठमाडौंको अध्यक्षमा मोहनलाल डाँगी र महासचिवमा अन्जना अधिकारी

२०७९ जेठ २८, शनिवार
म्यानेजर्स क्लब, काठमाडौंको अध्यक्षमा मोहनलाल डाँगी र महासचिवमा अन्जना अधिकारी

काठमाडौं : को-अपरेटिभ म्यानेजर्स क्लब काठमाडौंको अध्यक्षमा परिश्रमी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मोहनलाल डाँगी निर्वाचित हुनुभएको छ । क्लबको आज सम्पन्न प्रारम्भिक साधारण सभाले डाँगीलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी क्लबको उपाध्यक्षमा हसना भास्तीपुर साकोसका सम्पूर्ण महर्जन, महासचिवमा तपाईंहाम्रो बहुउद्धेश्यीय सहकारीका अन्जना अधिकारी तथा कोषाध्यक्षमा श्री सगरमाथा साकोसका एन्थोनी अमात्य निर्वाचित हुनुभएको छ । त्यसै सदस्यहरुमा युगवाणी साकोसका किशोर सिल्वाल, खुसीखुसी साकोसका कविता महर्जन, देवदर्शन साकोसका प्रविण सिल्वाल, होस्टेहैंसे साकोसका सरला दुलाल, हस्तिानापुर बहुउद्देश्यीय सहकारीका रोशन नकर्मी, बलम्बु च्याउ सहकारीका ज्ञानदास महर्जन, हाम्रो दहचोक साकोस नारायण बखती, बाघबछाला वहुउद्धेश्यीय सहकारीका विमला पोख्रेल, तरकारी फलफूल साकोसका विमला पुडासैनी, गुर्जुधारा साकोसका धर्मेन्द्र महर्जन र थानकोट महिला जागरण साकोसका विपना श्रेष्ठ चयन भएका छन् ।

कोअपरेटिभ म्यानेजर्स क्लब काठमाडौं जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको व्यवस्थापकहरुको साझा मञ्च हो । सहकारी अभियानमा नवितम् विषयहरुको प्रवद्र्धन र अवलम्बन गर्ने, व्यवस्थापनको क्षमतास्तर, कार्यसम्पादनस्तर र योगदानको स्तरलाई अभिबृद्धि गर्ने र सहकारी संस्थाहरुको अभ्यासहरुमा एकरुपता कायम गर्ने उद्देश्य राखेर २०७६ साल जेठ ६ गते चन्द्रागिरि नगरपालिका भित्र सञ्चालित १५ वटा सहकारी संस्थाहरुका कार्यकारी प्रमुखहरुको पहलमा स्थापना भएको हो ।

उक्त क्लब २०७८ साल माघ ४ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । प्रारम्भिक साधारण सभा प्रमुख अतिथि रहनु भएका राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद गुँरागाईले सहकारी क्षेत्रमा लाग्ने व्यवस्थापक तथा कर्मचारीहरुले यही क्षेत्रमा आफ्नो भविष्य खोज्न आग्रह गर्दै सहकारीको पेशालाई मर्यादित र व्यवसायीक बनाउँदै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

क्लबका तर्दश समितिका अध्यक्ष मोहनलाल डाँगीले क्लबको गतिविधि र आगामी कार्यदिशाको बारेमा जानकारी गराउनुभएको थियो । त्यसतै उपाध्यक्ष लेमन श्रेष्ठले क्लबको औचित्य र उद्देश्य प्रष्ट पार्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष अञ्जना अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सदस्य कृष्णकुमार श्रेष्ठले क्लबको अबधारणा र महासचिव अमरदिप सिंहले कार्यक्रम सम्बन्धी प्रकाश पार्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, आयाम साकोसका व्यवस्थापक लेमन श्रेष्ठ र बलम्बु च्याउ सहकारीका पूर्व व्यवस्थापक अमरदिप सिंह रहेको सल्लाकार समिति समेत गठन गरेको छ ।

काठमाडौंको ११ वटै पालिकाहरुमा रहेका सहकारीका व्यवस्थापकहरुलाई सदस्यता प्रदान गर्ने, सहकारीमा कार्यरत कर्मचारीको कार्यकुशलता अभिबृद्धी गर्नको लागि एचआर डबली, तालिम र कार्यशाला गोष्ठीहरु सञ्चालन गर्ने जस्ता योजनाहरुको आगामी वर्षको लागि अघि सारेको छ ।

अभिलेख

लोकप्रिय