सहकारीको आयकर बढाउने कुरामा म खुसी छैनः रजिष्ट्रार पण्डित
काठमाडौं : संघीय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले आफूले सहकारीको आयकर बढाउन सरकारलाई सिफारिस नगरेको प्रष्टिकरण दिनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘बजेटमा सहकारीः कार्यान्वयनमा चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘आयकर बढाउने कुरामा म खुसी छैन ।’
कार्यक्रममा उहाँले विभागले सहकारी मन्त्रालय मार्फत अर्थमन्त्रालयमा पठाएको सुझाव वाचन गरेर सुनाउनुभएको थियो ।
सहकारी विभागले चाँड राष्ट्रिय सहकारी महासंघसंग छलफल गरेर आर्थिक वर्ष २०७९/८० को बजेटमा भएका सहकारी सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न रणनीति बनाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘बजेट कार्यान्वयनका लागि अभियानसंग एउटै डुँगामा सयर गर्न तयार छौं ।’
सहकारी ऐन, २०७४ ले प्रदेश सरकार र स्थानीय तहलाई सहकारीको नियमन गर्ने अधिकार दिएको भएपनि ती सरकारले नतिजा नदेखिनेगरी नियमन नगरेको गुनासो गर्नुभयो । साथै हाल सम्म राष्ट्रिय सहकारी महासंघ लगायतका सहकारीका छाता संघहरुले पनि सदस्य संघ/संस्थाको अनुगमन गरेर प्रतिवेदन नबुझाएको बताउनुभयो ।
सहकारी ऐन, २०७४ ले दुई वा दुई भन्दा बढी सहकारीबीच अन्तर सहकारी कारोबार गर्ने व्यवस्था गरेको भएपनि अन्य क्षेत्रगत कानुनले अवरोध गरेको बताउनुभयो ।
रजिष्ट्रार पण्डितले औद्योगिक व्यवसाय नियमावलीले अन्तर सहकारी कारोबार गर्न अवरोध गरेकाले सहकारी मन्त्रालयले उद्योग व्यवसाय गर्न चाहने सहकारीलाई सहजीकरण गरिदिन उद्योग मन्त्रालयलाई पत्राचार गरेको जानकारी गराउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार