काभ्रेमा सहकारी प्रमुखको गोष्ठीः सहकारी मजबुद र संकट निराकरण प्रमुख एजेण्डा
सन्तोष तिमल्सिना
बनेपा : काभ्रे जिल्लामा सञ्चालित सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठी हुने भएको छ । असार ५ र ६ गते जिल्ला सहकारी संघ (डिस्कोप) काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको व्यवस्थापनमा २ दिने कार्यशाला गोष्ठी हुन लागेको हो ।
सहकारी क्षेत्रमा देखिएका संकटहरुलाई नयाँ र समान्य अवस्थामा अंगाल्दै, चुनौतीहरुलाई अवसरका रुपमा बदल्दै सहकारी अभियानलाई थप मजबुद बनाउने अपेक्षा सहित जिल्ला सहकारी संघ काभ्रेले पहिलो पटक सहकारी ब्यवस्थापन प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीको आयोजना गरेको हो ।
सहकारी संघ संस्थाहरुको वित्तीय व्यवस्थापन पक्ष र व्यवस्थापकीय क्षमताको विकासलाई बिशेष महत्व दिई सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी जोखिम न्यूनिकरण र नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गरी सहकारी अभियानलाई सुरक्षित र सेवामुखी बनाउन उद्देश्यले गोष्ठीको आयोजना गरिएको जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले बताउनु भयो ।
संकटपछि नयाँ समान्य अवस्था अंगाल्दै सहकारी भन्ने थिम सहित होटल सारथी धुलिखेलमा असार ५ र ६ गते दुई दिन हुन लागेको सहकारी प्रमुखहरुको जिल्ला स्तरीय गोष्ठीमा भरीका १५० सहकारी संघ संस्थाका जना व्यवस्थापन प्रमुखहरुको सहभागिता गराउने लक्ष्य राखिएको छ ।
सहकारीमा प्रभावकारी वित्तिय संरचना, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका, प्रभावकारी ऋण असुली, सफल ब्यवस्थापकहरुको अनुभव आदान प्रदान, सहकारीमा मानवसंशाधनको नवप्रवर्तन, सहकारीमा डेविट कार्ड तथा मोबाईल बैकिङ संचालन , सहकारीप्रति सकरात्मक सोच लगायतका बिषयवस्तुहरुमा गोष्ठी केन्द्रित रहने संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले जानकारी दिनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार