पोखरा रोयलका सदस्यलाई स्वास्थ्य सचेतना र सहकारी शिक्षा
कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई एक दिवसीय स्वास्थ्य सचेतना एवं सहकारी शिक्षा तालिम दिएको छ ।
संस्थाका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गिरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको विभिन्न गतिविधि सहितको सदस्य शिक्षा तालिम मोहोरिया सेवा केन्द्र प्रमुख परमेश्वर दाहालले दिनुभएको थियो ।
स्वास्थ्य सचेतना विषयमा रहेर विभिन्न समय र परिस्थितिमा सिर्जना हुने रोगहरुका लक्षणहरु र उपचारको बारेमा संस्थाका सल्लाहकार वरिष्ठ चिकित्सक डा. कालु शर्मा सुवेदीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा डा. सुवेदीले विशेषगरी महिलाहरुमा हुने स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट जोगिने विधी, कोरोना कालमा अपनाउनुपर्ने जीवनशैली र खानपानको बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मोहोरिया सेवाकेन्द्र व्यवस्थापन उपसमिती संयोजक उमा परियार र व्यवस्थापन उपसमिती सदस्य पूर्णिमा अधिकारीकोे समेत उपस्थिति रहेको थियो ।

संस्थाका मूख्य प्रबन्धक मीलन ढकालले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम सञ्चालन मोहोरिया सेवा केन्द्र व्यवस्थापन उपसमिती सदस्य सरिता अधिकारी लामिछानेले गर्नुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
