सहकारीको आयकर बृद्धिमा अर्थमन्त्रीले भने, ‘के भएछ, किन बढ्यो सचिवसँग बुझौंला !’
काठमाडौं : सरकारले बजेटमार्फत आयकरको दर बढाएपछि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेको छ ।
महासंघको टोलीले सहकारी ऐनमा नै आयकरको स्पष्ट व्यवस्था गरिएको र विगतका वर्षदेखि सोही अनुरुप भएको आयकरलाई आर्थिक विधेयकमार्फत बृद्धि गर्न नहुने बताएका थिए ।
अर्थमन्त्री शर्माले छलफल गरेर महासंघसँग अन्तक्रिया गर्ने भन्दै छोटो प्रतिक्रिया दिँदै भन्नुभयो, ‘म बुझौंला, किन बढ्यो सचिवसँग बुझौला ।’ महासंघका अध्यक्ष कडेलले यस विषयलाई गम्भिर रुपमा लिन आग्रह गर्नुभएको थियो ।
सहकारी ऐन २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा नगरपालिका क्षेत्रभित्र संचालन भएकोमा ७.५ प्रतिशत, उपमहानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा १० प्रतिशत र महानगरपालिका क्षेत्रभित्र संचालन भएकोमा १५ प्रतिशत कायम गरेको छ ।
यस अघि सहकारी ऐन २०७४ मा तोकिएकै आधारमा नगरपालिका क्षेत्रमा ५ प्रतिशत, उपमहानगरमा ७ र महानगरपालिका क्षेत्रभित्र संचालन भएका सहकारीको हकमा १० प्रतिशत रहेको थियो । गाउँपालिकाको हकमा भने कर छुट रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार