पुँजीवादीहरुले सहकारी क्षेत्रलाई प्राथमिकता दिएनन् : एमाले महासचिव पोखरेल
ललितपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि नेपालको संविधानले तीन खम्बे अर्थनीति अंगिकार गरेको तर पुँजीवादीहरुले सहकारी क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाउनुभएको छ ।
सहकारी मुलुकको आर्थिक विकासको महत्वपूर्ण माध्यम हो, यसको प्रभावकारी परिचालनबाट गरिवी निवारणमा योगदान गर्न सकिने समेत उहाँले बताउनुभयो ।
एमाले पार्टी मुख्यालय ललितपुरमा शनिबार सहकारी तथा गरिवी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै पोखरेलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि राज्यका निकायसँगै सहकारी अभियानका संघ तथा महासंघहरुको सक्रियता बढ्नु पर्ने बताउनुभयो ।
कृषि क्षेत्रलाई रुपान्तरण गरी गरिवी निवारणको महत्वपूर्ण पाटोका रुपमा कृषिलाई स्थापित गर्न, उत्पादन बढाउन, बजारीकरणलाई प्रभावकारी बनाउन र बचत परिचालनमा सहकारीको भूमिका बढाउनु पर्ने समेत उहाँले बताउनुभयो ।
किसान सबैभन्दा बढी मर्काका परेको विचौलियाका कारण हो, विचौलियाको अन्त्य गर्न सहकारीले कसरी भूमिका निर्वाह गर्न सक्छ ? यो विषयमा सहकारीकर्मीहरुको ध्यान पुग्नु पर्ने उहाँको सुझाव छ ।
‘कतिपय सहकारीहरु यूनिभर्सल सिद्धान्त भन्दा फरक ढंगले चलेका पनि पाइन्छ, त्यसरी चलेका सहकारीहरुका कारण सिंगो अभियानमा पर्न सक्ने नकरात्मक सन्देशका बारेमा अभियान चनाखो हुनु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।
एमालेका नेता कार्यकर्ता सम्वद्ध सहकारी प्रभावकारी रुपमा सञ्चालन हुनुपर्ने र अरुले अनुशरण गर्ने गरी सञ्चालन गर्न उहाँले सुझाव दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
