विद्यार्थीसँग रोयलः १७० विद्यार्थीलाई वित्तीय साक्षरता तालिम र बचत क्लब गठन
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले पोखरा-१०, मा रहेको कालिका माध्यामिक विद्यालयका १७० जना विद्यार्थीलाई वित्तीय तथा प्रविधि साक्षरता तालिम प्रदान गरेको छ । संस्थाले नौ र दश कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी एकदिने तालिम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङले तालिममा रोयलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “विद्यार्थीसँग” भन्ने मूल अभियानका साथ विधार्थीहरुमा वित्तीय ज्ञान प्रदान गर्दै बचत गर्ने बानी बसाल्न र प्रविधीको ज्ञान दिने उद्देश्यले विद्यार्थी लक्षित तालिमको आयोजना गरिएको बताउनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले वित्तिय साक्षरता र सूचना प्रविधि सुपरिवेक्षक अविनाश पौडेलले प्रविधि साक्षरताको बारेमा प्रशिक्षण दिनुभएको थियो । यसैबीच “विद्यार्थीसँग रोयल” कार्यक्रम अन्तर्गत सात सदस्यीय “रोयल कालिका विद्यार्थी बचत क्लव” समेत गठन गरिएको छ ।

कार्यक्रममा अध्यक्ष गुरुङ्गले क्लव सञ्चालनार्थ विउ पूँजी वापत ५ हजार रुपैयाँ सहायक प्राचार्य सूर्यमोहन ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै उहाँले क्लवको माइन्युट र क्लब सञ्चालन गर्ने कार्यविधी प्रदान गर्नुभएको थियो । उक्त क्लबमा विद्यार्थीहरु रेखा थापा, खिममाया जलारी, शुभ गुरुङ, अनिस थापा मगर, सृजना गुरुङ, मिसेल परियार र अविन सुनार चयन भएका छन् ।
विद्यालयका सहायक प्राचार्य सूर्यमोहन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक बसन्त सिग्देलले स्वागत र सहायक प्राचार्य श्रीराम आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गिर बहादुर श्रेष्ठ, सञ्चालक कृष्ण ढकाल, शिक्षकद्धय श्रीराम गौली र कुल प्रसाद सुवेदीको समेत उपस्थिती रहेको सहकारीका सूचना अधिकारी एवं मूख्य प्रवन्धक मीलन ढकालले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार