आयकरको दर यथावत राख्न माग, नभए थप कदम चाल्छौंः सहकारी महासंघ
काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सरकारले सहकारीमा लाग्ने आयकरको दर बढाएपछि सहकारी अभियानले विरोध जनाएको छ ।
राष्ट्रिय सहकारी महासंघले मंगलबार (आज) एक विज्ञप्ति जारी गर्दै आयकरको दर यथावत नै राख्न माग गरेको हो । आयकर दर वृद्धि गर्न न्यायोचित नभएकाले यथावत नै राख्न नेपाल सरकार, संघीय संसद एवं सम्बद्ध पक्षमा महासंघले जोडदार माग गरेको छ ।
महासंघका अध्यक्ष मिनराज कडेलले विज्ञप्ति जारी गर्दै आयकरको दर यथावत नै नभएको अवस्थामा सहकारी अभियान थप कदम चाल्न बाध्य हुने जनाएको छ ।
सरकारले आयकर ऐन शंसोधन गरी सहकारीलाई लाग्ने आयकरको दरमा हेरफेर गरेको थियो । नगरपालिका क्षेत्रमा सञ्चालित सहकारीलाई ७.५ प्रतिशत, उपमहानगर पालिकामा १० प्रतिशत र महानगरपालिकामा सञ्चालित सहकारीलाई १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको थियो । यस अघि क्रमशः ५, ७ र १० प्रतिशत आयकर लाग्दै आएको थियो ।
सरकारले आर्थिक विधेयकमार्फत पारित गरेका करका दरहरु सामान्यतया संशोधन हुँदैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार