सहकारीलाई करको बोझ थपेर के गर्न खोजेको? : पूर्व अर्थमन्त्री पौडेल
२०७९ जेठ १७, मङ्गलबार
काठमाडौं : पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकारले आ.व. २०७९/०८० मार्फत सहकारी संस्थाको कर बढाएको असन्तुष्टी जनाएका छन् ।
सहकारीले गरिबी निवारण, रोजगारी सृजना गर्न योगदान गर्ने भएकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा करको बोझ थपेर के गर्न खोजेको हो ?, भन्दै प्रश्न गर्नुभयाे । आजकाे प्रतिनिधि सभाको बैठकमा पाैडेलले भन्नुभयाे, ‘सहकारीलाई अर्थतन्त्रको तीन मध्ये एउटा पिल्लरको रुपमा बुझ्ने गरेको छ । त्यस्ता सहकारीमा लाग्ने आयकर किन बढाएको ?’
नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५,७ र १० प्रतिशत भएकोमा अहिले ७.५, १० र १५ पुर्याएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे । बजेटमा आर्थिक विकासको कुरा गरेको भएपनि व्यहारमा उल्टो दिशामा लागेको र देशलाई संकटमा धकेल्ने दाबी गर्नुभयाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार