बचत ऋण सहकारीहरु अब चुप लागेर नबसौं !
युक्रेनको दिगो आर्थिक पुनरुत्थानमा क्रेडिट युनियनहरुको भूमिका महत्वपूर्ण छ । तर, रुसी आक्रमणका कारण संकटमा परेको त्यहाँको बचत ऋण सहकारी क्षेत्र अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षामा छ ।
रुसले २४ फ्रेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरे लगत्तै शारिरिक मात्र होइन लाखौं युक्रेनीहरुको वित्तीय सुरक्षा पनि खतरामा पर्यो । करिब ५ लाख युक्रेनीहरुलाई भरपर्दो र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएका समुदायमा आधारित स्थानीय क्रेडिट युनियनहरु अहिले संकटमा छन् । लघुवित्त संस्थाहरु नभएको युक्रेनमा क्रेडिट युनियनहरुले बैंकल्पिक वित्तीय संघ संस्थाको रिक्तता पूर्ति गर्दै आएका छन् । यति हुँदाहँुदै पनि पूर्वी युरोपको सुन्दर देशका थुप्रै नागरिक सहज वित्तीय सेवाको पहुँचबाट वञ्चित छन् । युक्रेनमा ३ सय २२ क्रेडिट युनियनहरुले ५ लाख बढी सदस्यहरुलाई बचत तथा ऋण सेवा प्रवाह गर्दै आएका छन् ।
समुदाय परिचालन
गत अंग्रेजी महिना पोल्याण्ड भ्रमणका क्रममा मैले समुदायमा आधारित क्रेडिट युनियनहरुले प्रदान गर्न सक्ने गैरवित्तीय सेवाका विविध आयामहरु बारे प्रत्यक्ष जानकारी लिने र अनुभूति गर्ने मौका पाएँ । पोल्याण्डको सिमा नजिक जेस्जो शहरमा युक्रेनको लिभिभस्थित एक क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृतसँग भेट गर्ने अवसर पाएँ । उनीसँग एक घन्टा बढी कुराकानी भयो । उनले युद्धका बावजुद आफ्नो क्रेडिट युनियनले कार्यालय समय घटाएर सेवा प्रवाह गरिरहेको जानकारी गराए । कार्यालय समय छोट्याउनुको कारण भने कर्मचारीहरुले समुदायमा अन्य खालका मानवीय सेवामा पनि जुट्नुपर्ने आवश्यकता थियो । मानव जीवन रक्षा, उद्दार तथा पुनस्र्थापनाका अभियानमा पनि क्रेडिट युनियनकर्मीहरु निःशुल्क र निस्वार्थपूवर्क जुटेको उनले मलाई बताए । खासगरी पूर्वी युक्रेनबाट विस्थापित भएकाहरुलाई खाने बस्ने व्यवस्था गर्न उक्त क्रेडिट युनियनका कर्मचारीहरु खटेका थिए ।
युक्रेनभरका क्रेडिट युनियन कर्मचारी मात्र नभई सदस्यहरु पनि संकटको बेला सक्दो सहयोगमा जुटेका छन् । युद्धका कारण अन्य भूभागबाट विस्थापित हजारौं नागरिकहरु पश्चिीमी युक्रेनमा शरणका लागि पुगेका थिए । यस्तो अवस्थामा क्रेडिट युनियनकर्मी कर्मचारी तथा सदस्यहरु मानवीय सहायता कार्यमा जुटे । युद्धले सबैभन्दा बढी आक्रान्त क्षेत्रहरुमा पनि बचत ऋण सहकारीहरु सेवारत छन् । यस्तो बेला संस्थाहरुले आकस्मिक मानवीय सहायताको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् ।
रुसी आक्रमणमा परेको चेर्निहिब ओब्लास्ट शहरमा रहेको एउटा क्रेडिट युनियनले स्थानीय कृषि उत्पादकहरु तथा विभिन्न समुदायहरुसँग समन्वय गरेर आपत्कालिन खाद्य संकट समाधानमा भूमिका निर्वाह गरेको ती सीईओले मलाई बताए ।
एक युक्रेनी क्रेडिट युनियन अभियानकर्मीले मलाई बताए, ‘क्रेडिट युनियनहरु बैंक भन्दा बढी हुन् । हामीहरुले बेलाबखत प्रमाणित गर्दै आएको यो तथ्य युद्धका बेला थप जबरजस्त प्रमाणित भएको छ । हामी नागरिक (सदस्य) हरुको सुखदुःखका साथी हौं । हामी उनीहरुको हेरचाह गर्छौ नकि पैसाको । राष्ट्रलाई संकट परेको यो समयमा एक अर्कालाई होस् वा सदस्यहरुलाई सहयोग गर्न होस्, हामीले कुनै कसर बाँकी राखेका छैनौं ।’
क्रेडिट युनियनहरुको विश्वव्यापी सञ्जाल–विश्व ऋण परिषद् (ओकू) को प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको १ वर्ष पनि पुगि नसकेको समयमा सदस्य र समुदायको विश्वासिलो संस्थाका रुपमा क्रेडिट युनियनहरुले खेलेको भूमिका बारे यो भन्दा राम्रो, महत्वपूर्ण र तथ्यपरक अनुभव हासिल गर्ने अरु अवसर कहाँ प्राप्त हुन्छ र ?
संकटापन्न क्षेत्र
युक्रेनीहरुका लागि एकदमै महत्वपूर्ण क्रेडिट युनियन क्षेत्र अहिले भने त्यहाँ संकटमा छ । नगद अभावका कारण त्यहाँका थुप्रै क्रेडिट युनियनका सदस्यहरुले आफ्नो बचत फिर्ता लिइरहेका छन् । यस्तै, अधिकांश कृषि क्षेत्रमा संलग्न साना व्यवसायीहरुलाई खेती किसानी कामको लागि ऋण सुविधा पनि आवश्यक छ । यसले गर्दा संस्थाहरुमा तरलता अभाव भएको छ । युक्रेनमा खाद्य संकटको समस्या बढ्दो छ भने किसानहरुले समयमै उत्पादन गर्न सकेनन् भने संकटमाथि सास्ती थपिने निश्चित छ । यस्तो बेला युक्रेनमा विश्व ऋष परिषद्का दुई सदस्य छन्– Ukrainian National Association of Savings and Credit Unions (UNASCU) र All-Ukrainian Credit Union Association. ले दिनरात नभनी काम गरेका छन् । भूमिका प्रदर्शन गरेका छन् ।
अब काम गर्ने बेला
दुबै संगठनले मार्चदेखि नै खतराको जनाउ दिइसकेका थिए । ओकूले यूएसऐडको वित्तीय सहयोगमा युक्रेनमा तरलता संकट समाधानका लागि ऋण सहयोग गर्दै आएको छ । उक्त सहयोग कृषि उत्पादकहरुलाई उपलब्ध गराइएको छ । तर सहयोगको मात्रा र संख्या दुबै तत्काल र भविष्यका लागि पनि बढाउनुपर्ने आवश्यकता टड्कारो छ । युद्ध प्रभावित मुलुकहरुमा सामना शक्ति विकास गर्न र पुनस्र्थापना अभियानमा वित्तीय समोवशिताको महत्व एक विकास साझेदारको रुपमा हामीले बुझेका छौं र इतिहासका थुप्रै सफलताहरुले पनि सिकाएको छ । ती सफलता र उदाहरणहरु हामीले विस्थापितहरुलाई शरण उपलब्ध गराइरहेका युक्रेनका छिमेकी मुलुकहरुमा सुनाउने र उनीहरुसँग मिलेर काम गनुपर्ने समय आएको छ । यसमा हामीले हाम्रा विकास साझेदार र दातृ निकायहरुको पनि साथ लिनु जरुरी छ । म आशावादी छु, यस घडीमा हामी पोल्याण्ड, रोमानिया, मोल्दोभा, लगायत युरोपका हाम्रा सञ्जालको व्यापक सदुपयोग गर्न सक्छौं । अहिले राम्रो अवसर छ हाम्रो जस्तो गहिरो सञ्जाल भएको संस्थाहरुको जसले युद्धका समयमा समुदायलाई भरोसायोग्य सहयोग, साथ र साँच्च्किै सान्त्वनासाथ दिगो सहकारी अभियान निर्माण गर्ने ।
All-Ukrainian Credit Union Association का अध्यक्ष समेत रहेका लिभिभका ती सीईओले संघलाई जोगाइराख्नु चुनौतीपूर्ण रहेको र आफ्नो ध्यान त्यसतर्फ केन्द्रीत रहेको बताए । यही संघले देशका ८० प्रतिशत क्रेडिट युनियनहरुलाई जोगाइ राखेको छ । यसलाई संरक्षण गर्दै यो अकल्पनीय समयबाट युक्रेनीहरुले मुक्ति पाउनुपर्ने छ ।
चुप लागेर नबसौं
मानवीय पीडा, खाद्य संकट र जीवनमरणको सवाल चर्को भएको युक्रेनमात्र यस्तो मुुलुक होइन । विगतका यस्ता थुप्रै परिवेशहरुको सामना क्रेडिट युनियनहरुले गरिसकेका छन् । यस्तो वेला वित्तीय सहयोग पनि जीवनमरणको विषय बन्छ । त्यसैकारण हामी चुपलागेर बस्ने समय छैन । संकटमा परेकाहरुलाई सहयोग गर्न क्रेडिट युनियनहरुको भूमिका महत्वपूर्ण हुन्छ यो हामी सबैले बुझेर सहयोगका लागि जुट्नुपर्ने हुन्छ ।
नयाँ भूमिकाको रुपमा मैले युक्रेनमा क्रेडिट युनियनहरु र उनीहरुका ४ लाख बढी सदस्यहरुको नयाँ भविष्य देखिरहेकी छु । र मलाई विश्वस छ, युद्ध समाप्तिसँगै ती सबै सदस्यहरु पक्कै नयाँ सम्भावना र अवसरहरुको हकदार हुन्छन् ।
रञ्जनमणि पौड्याल
नोटः ओकूको आधिकारिक डिजिटल प्लेटफर्मममा उपलब्ध सामाग्रीको आधारमा तयार पारिएको आलेख ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार