२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीमा लाग्ने आयकर बढ्यो

२०७९ जेठ १५, आईतवार
सहकारीमा लाग्ने आयकर बढ्यो

काठमाडौं : सरकारले सहकारीलाई लाग्ने आयकर बढाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा घटेको आयकर पुनः बढेको छ । सरकारले नगरपालिका क्षेत्र भित्र सञ्चालित सहकारीलाई ७ दशमलप ५ प्रतिशत, उप–महानगरपालिमा १० प्रतिशत र महानगरपालिकामा १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेको छ ।

सरकारले गाउँपालिकामा सञ्चालित सबै किसिमका सहकारीलाई आयकर पूर्ण रूपमा छुट दिएको छ ।

यस अघि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत सहकारी क्षेत्रलाई लाग्ने आयकर घटाएर ५, ७ र १० प्रतिशत कायम गर्नुभएको थियो । यस अघि सहकारीलाई २० प्रतिशत कर लाग्ने व्यवस्था थियो ।

तत्कालिन अर्थमन्त्रीले कर घटाएसँगै सहकारीकर्मीले स्वागत समेत गरेका थिए ।

सहकारी ऐन २०७४ मा महानगरमा संचालित बचत तथा ऋण सहकारीहरूलाई १०, उपमहानगरपालिकामा ७ र नगरपालिकामा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था छ ।

अभिलेख

लोकप्रिय