२४ कात्तिक २०८३, मङ्गलबार

बजेट २०७९/०८० : सहकारीको मन्त्र, आत्मनिर्भर अर्थतन्त्र

२०७९ जेठ १५, आईतवार
बजेट २०७९/०८० : सहकारीको मन्त्र, आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं : आगामी आर्थिक वर्षको बजेटमा सरकारले विशेष प्राथमिकता दिएको छ । ‘सहकारीको मन्त्र, आत्मनिर्भर अर्थतन्त्र’ भन्ने नारालाई सार्थक बनाउने सरकारले विशेष कार्यक्रम ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा परिचालन गरिने घोषणा गर्नुभएको छ ।

सहकारीको बचतलाई उद्यम विकास, रोजगारी सृजनामा परिचालित गर्न प्रोत्साहिन गर्ने भएको छ । सहकारीको कुल लगानीको कम्तिमा ५० प्रतिशत रकम उत्पादन मुलक क्षेत्रमा लगानी गनुपर्ने व्यवस्था गरिएको छ ।

कम्तिमा २० करोड रुपैयाँ चुक्ता पुँजी रहेन गरी सहकारीले सञ्चालन गर्ने कृषिजन्य उत्पादन मुलक उद्योगलाई चुक्ता पुँजीको ५ प्रतिशत रकम पुँजीगत अनुदान दिने घोषणा गर्नुभएको छ ।

बजेटमा सरकारले सहकारी संस्थाले कम्तिमा एउटा उत्पादनको खरिद बिक्री र बजारिकरण गर्न सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहले सो पुँजी लगानी गरि कम्तिमा ३०० स्थानीय किसानको सहभागितामा कृषिजन्य उत्पादनम मुलक उद्योग स्थापना गरेमा त्यस्ता उद्योगमा आवश्यक औजार खरिद गर्न २० प्रतिशत अनुदान दिइने भएको छ ।

अभिलेख

लोकप्रिय