६० विद्यार्थीलाई विकू बचतको दीर्घकालिन छात्रवृत्ति
नवलपुर : गैंडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक नियमित कार्यक्रम अन्तर्गत विभिन्न तहका ६० जना सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
संस्थाले सञ्चालन गर्दै आएको विकू दीर्घकालीन छात्रवृत्ति कार्यक्रम अन्र्तगत यो छात्रवृत्ति वितरण गरिएको हो । बालबालिकालाई वर्षभरिको लागि आवश्यक शैक्षिक सामग्री, ड्रेस, जुत्ता, झोला र एकमुष्ठ आर्थिक खर्च संस्थाले उपलब्ध गराउँदै आएको छ ।

छात्रवृति वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोख्रेल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने बालबालिकाका अभिभावकहरुबाट तारा गैरे ले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा छात्रवृत्ति प्राप्तकर्ता कक्षा ९ मा अध्ययनरत छात्रा आरती सापकोटा र कक्षा ४ मा अध्ययनरत छात्रा सृष्टि गैरेले आफ्नो अनुभूति राख्नु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार