२४ कात्तिक २०८३, मङ्गलबार

बित्थडचिर बहुउद्देश्यीय सहकारीमा चोरी

२०७९ जेठ १२, बिहिबार
बित्थडचिर बहुउद्देश्यीय सहकारीमा चोरी

बझाङ : बझाङमा सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ चोरी भएको छ । बित्थडचिर गाउँपालिका–२, स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पाँच लाख २१ हजार ८ सय ५ रुपैयाँ चोरी भएको हो ।

सहकारी संस्था रहेको मूलढोकाको ताला फोडी सेफलाई सहकारी संस्थाको भवनदेखि अन्दाजी २०० मिटर टाढा लगी तोडफोड गरी सेफमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अभिलेख

लोकप्रिय