‘सेटिङ’ मा दर्ता भएका सहकारीको छानविन हुँदै, केही दिनमै प्रतिवेदन आउने
काठमाडौं : बागमती प्रदेश सरकार अन्तर्गत दर्ता भएका सहकारी संस्थाको छानविन गर्न समिति गठन भएको छ ।
तत्कालित रजिष्ट्रारको कार्यकालमा प्रकृया नपुगी सहकारी दर्ता भएको गुनासो आएपछि बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानविन समिति गठन गरेको हो ।
मन्त्रालयका कानुनी अधिकृत प्रकाश चापागाईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । समितिले उक्त समयमा दर्ता भएका सहकारीको अध्ययन गरिरहेको छ ।
तत्कालित रजिष्ट्रारको कार्यकालमा करिब १ सय ३० वटा संस्था दर्ता भएका छन् । उक्त समयमा अधिकांश बहुउद्देश्यीय सहकारी दर्ता भएका छन् । एकभन्दा बढी पालिका कार्यक्षेत्र रहने सहकारीको दर्ता प्रदेशमा हुने कानुनी व्यवस्था छ ।
संस्था दर्ता गर्दा प्रकृया नपुगेको गुनासो आएपछि छानविन गर्न समिति गठन गरिएको मन्त्रालयका सचिव बलराम निरौलाले जानकारी दिनुभयो ।
केही समयअघि नै समिति गठन भएपनि संयोकको सेवाकालिन तालिमका कारण छानविन हुन सकेको थिएन । अब केही दिनमै प्रतिवेदन पेश हुने बुझिएको छ ।
दुई वा दुईभन्दा बढी कार्यक्षेत्र राखी दर्ता हुने सहकारीको हकमा तत् पालिकाको सिफारिस आवश्यक हुन्छ । तर, संस्था दर्ता गर्दा पालिकाको सिफारिस विनै दर्ता भएको खुल्न आएको थियो । मन्त्रालयले केही फाईल खोलेर हेर्दा पनि पालिकाको सिफारिस भेटेको थिएन ।
प्रतिवेदन पेश भएपछि मात्रै यथार्थ आउने सचिव निरौलाले सहकारीखबरलाई जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
